01/30/2026
अमेरिकामा ट्याक्स फाइलिङ: ढिलाइ नगर्नुहोस्, समाधान सधैं सम्भव छ
– Himalaya Budhathoki, CPA (TaxPro Hub – Himalaya Budha Tax Services, LLC)
अमेरिकामा बसोबास गर्ने धेरै नेपालीहरू काम गर्ने अनुमति, SSN वा ITIN लिएर रोजगारी तथा साना व्यवसायमा सक्रिय छन्। तर जानकारीको अभाव, डर, वा “पछि गरौंला” भन्ने सोचका कारण धेरैले ट्याक्स फाइलिङ ढिलाइ गर्ने गरेको देखिन्छ। वास्तविकता के हो भने—ट्याक्स फाइल नगर्नु समस्या हो, तर ढिला फाइल गरेको समाधान नहुने भन्ने होइन। सही मार्गदर्शन र अनुभवी प्रोफेशनलको साथमा लगभग सबै ट्याक्स समस्या समाधान गर्न सकिन्छ।
TaxPro Hub – Himalaya Budha Tax Services, LLC ले यही उद्देश्यका साथ समुदायमा ट्याक्स सचेतना र व्यावहारिक समाधान प्रदान गर्दै आएको छ। व्यक्तिगत ट्याक्स (W-2, 1099), साना व्यवसाय (LLC, S-Corp), Uber/DoorDash जस्ता गिग–वर्करहरू, तथा पछिल्ला वर्षहरू नफाइल भएका केसहरूमा सुरक्षित र कानुनी तरिकाले फाइलिङ मिलाउने हाम्रो मुख्य काम हो।
किन ट्याक्स फाइलिङ महत्वपूर्ण छ ?
ट्याक्स फाइलिङ केवल कर तिर्ने प्रक्रिया मात्र होइन—यो तपाईंको आयको कानुनी प्रमाण, आर्थिक इतिहास, र भविष्यको सुरक्षा हो। नियमित ट्याक्स रेकर्डले:
घर/कार/बिजनेस लोन लिन सजिलो हुन्छ
इमिग्रेसन प्रक्रिया (work permit, green card, citizenship) मा सहयोग गर्छ
IRS नोटिस, पेनल्टी, र ब्याजको जोखिम घटाउँछ
ढिला फाइल गर्दा penalty र interest लाग्न सक्छ, तर जति छिटो फाइल गर्न थाल्नु भयो, त्यति जोखिम कम हुन्छ।
TaxPro Hub ले के–के सेवाहरू दिन्छ ?
TaxPro Hub मा हामी केवल फर्म भरेर पठाउँदैनौं—हामी बुझाएर, योजना बनाएर काम गर्छौं।
Individual & Family Tax Filing
Self-employed / Gig Workers (Uber, Delivery, Freelancers)
Business Tax (LLC, S-Corp, Partnerships)
Past years tax filing & IRS notices
Basic bookkeeping & tax planning
हामी CPA-led firm भएकोले, जटिल केसहरूमा पनि IRS नियमभित्र रहेर सुरक्षित समाधान दिन सक्छौं।