23/07/2026
यस विशेष छुट सुविधाको लाभ उठाउन सम्बन्धित उद्योगी तथा व्यवसायीहरूले तोकिएको अवधिभित्र आवश्यक प्रक्रिया पूरा गरी आफ्नो फर्म तथा उद्योगको दर्ता नवीकरण, वार्षिक विवरण पेश तथा अभिलेख अद्यावधिक गर्नुहुन अनुरोध गरिन्छ।
"समयमै नवीकरण गरौँ, जरिवाना छुटको विशेष सुविधा प्राप्त गरौँ।
16/07/2026
अब निर्माण व्यवसायीको इजाजतपत्र (लाइसेन्स) नवीकरण घरमै बसेर अनलाइनबाट गर्न सकिने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको CIMS (Contractors Information Management System) प्रणालीमार्फत क, ख र ग वर्गका निर्माण व्यवसायीहरूले अब इजाजतपत्र नवीकरणका लागि कार्यालय धाइरहनु पर्दैन।
के गर्न सकिन्छ?
• कम्पनीको विवरण अद्यावधिक (Update)
• आवश्यक कागजात अपलोड
• नवीकरणका लागि आवेदन
• अनलाइन शुल्क भुक्तानी
• इजाजतपत्र प्रमाणपत्र डाउनलोड तथा प्रिन्ट
CIMS मा Login कसरी गर्ने?
वेबसाइट:
cims.mopit.gov.np
Username:
इजाजतपत्र नम्बरको अगाडि आवश्यक शून्य (0) थपेर पाँच अंक बनाउने र अन्त्यमा आफ्नो वर्ग (A/B/C) जोड्ने।
उदाहरण:
00050A
00501B
05052C
Default Password:
आफ्नो वर्ग (A/B/C) @ PAN नम्बर
उदाहरण:
A@130123456
B@130123456
C@130123456
नवीकरण प्रक्रिया
1. CIMS Portal मा Login गर्नुहोस्।
2. Contractor Section मा गई कम्पनीको विवरण Update गरी Save गर्नुहोस्।
3. License Renewal Section मा आवश्यक विवरण भर्नुहोस्।
4. आवश्यक कागजात Upload गरी Submit गर्नुहोस्।
5. शाखाबाट आवेदन स्वीकृत भएपछि Dashboard मा Pay Now विकल्प देखिनेछ।
6. अनलाइन शुल्क भुक्तानी गरेपछि इजाजतपत्र डाउनलोड तथा प्रिन्ट गर्न सकिनेछ।
नोट:
Username र Default Password सम्बन्धी विवरण आधिकारिक CIMS प्रणालीमा उपलब्ध निर्देशनअनुसार प्रयोग गर्नुहोस्। पहिलो Login पछि Password परिवर्तन गर्नु उपयुक्त हुन्छ।
13/07/2026
आंतरिक राजस्व बिभाग ले नयाँ करका नयाँ बीजक(Bill) ढाँचाहरु सार्वजनिक…
लागू: मिति २०८३ साउन १
30/06/2026
कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी दर्ता गर्दा (PAN दर्ता प्रमाणपत्र) रजिस्ट्रार कार्यालय बाटा पाइने व्यवस्था भायेको छ I
17/06/2026
कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा सम्बन्धी सूचना ।
04/06/2026
📢 महत्त्वपूर्ण सूचना: प्राइभेट फर्म तथा साझेदारी फर्म दर्ता सम्बन्धी नयाँ व्यवस्था
लुम्बिनी प्रदेश सरकारले प्राइभेट फर्म दर्ता (पहिलो संशोधन) नियमावली, २०८२ तथा साझेदारी (पहिलो संशोधन) नियमावली, २०८२ लागू गरेको छ।
✅ रु. १० लाखसम्म पूँजी भएका प्राइभेट फर्मको दर्ता, नवीकरण तथा अद्यावधिक सम्बन्धी कार्य स्थानीय तहबाट हुने व्यवस्था।
✅ रु. १० लाखदेखि १५ करोडसम्म पूँजी भएका फर्मको दर्ता तथा नवीकरण घरेलु तथा साना उद्योग कार्यालयबाट हुने व्यवस्था।
✅ रु. १५ करोडदेखि ५० करोडसम्म पूँजी भएका फर्मको दर्ता तथा नवीकरण उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयबाट हुने व्यवस्था।
📌 व्यवसाय दर्ता तथा नवीकरण गर्नुअघि सम्बन्धित निकाय र आवश्यक कागजातबारे जानकारी लिनुहोस्।
30/05/2026
आर्थिक ऐन, 2083 ले दिएका छुट तथा सुबिधाहरु निम्नानुसार भएकोले
हजुरहरुले तोकिएको समयभित्रै उपयोग गर्नुहुन अनुरोध गर्दछौ!
14/05/2026
दर्ता, खारेजी, पूँजी वृद्धि, शेयर लगत, सञ्चालक लागत लगायतका सूचना विद्युतीय माध्यमबाट एकआपसमा आदानप्रदान गर्ने आन्तरिक राजस्व विभाग र कम्पनी रजिष्टारको कार्यालयबीच विद्युतीय विवरण आदानप्रदान सम्बन्धि समझदारी!
12/05/2026
२०८३ साउनदेखि डे३ र डे४ को करचुक्ता प्रमाणपत्र अनलाईनबाटै प्राप्त गर्न सकिने
08/05/2026
Many Congratulations for being ICAN Member