29/05/2026
Major Income Tax Changes – Key Highlights
✅ Tax Slab Revised
(Couple concept removed)
• Up to 10 Lakhs – 1% (except SSF contributors)
• 10–15 Lakhs – 10%
• 15–25 Lakhs – 20%
• 25–40 Lakhs – 27%
• Above 40 Lakhs – 29%
✅ Donation deduction to exempt entities increased up to NPR 3 Lakhs.
✅ Cash expense payment limit reduced to NPR 25,000.
✅ No transfer pricing documentation required for taxpayers adopting Safe Harbour Rule.
✅ Section 57 relief:
Change in control due to death or change in holding entity will not attract Section 57.
✅ Banks & Financial Institutions also affected due to removal of Section 47(ka).
✅ Department may mandate specific billing systems beyond CBS integration.
✅ No TDS on retirement fund payments.
(Clarification on contributory & non-contributory funds resolved.)
📈 Capital Gain Tax (CGT) Updates
🔹 Shares:
• Holding > 365 days → 7.5%
• Holding < 365 days → 10%
(Final Tax)
🔹 Land & Building:
• Holding > 5 years → 7.5%
• Holding < 5 years → 10%
• Government compulsory acquisition → 2.5%
🚕 Ride-sharing business:
• VAT – 5%
• TDS – 1%
🧾 Full audit assessment period reduced to 3 years only.
22/05/2026
*औद्योगिक व्यवसाय ऐन, २०७६ मा भएको दण्ड जरिवानाको व्यवस्था (उद्योगहरूको लागि):*
💡💡💡💡💡💡💡💡💡💡💡💡💡💡💡
१) उत्पादन, प्रशोधन, ग्रेडिङ, प्याकेजिङ्ग, रिप्याकेजिङ्ग, असेम्बली, निर्माण तथा सेवा प्रवाह गर्ने उद्योगहरु (वा ट्रेडिङ गर्ने बाहेक सबै व्यवसायिक संस्थाहरू) यस ऐन अन्तर्गत दर्ता हुनु पर्दछ ।
२) उद्योग #दर्ता_नगरी सञ्चालन गरेमा तत्काल उद्योग बन्द गरी लघु, घरेलु तथा साना, मझौला र ठूला उद्योगलाई क्रमशः ५ हजार, २५ हजार, ५० हजार र १ लाख जरिवाना लाग्दछ।
३) दर्ता भएको #उद्देश्य_विपरीत कार्य गरेमा लघु, घरेलु तथा साना, मझौला र ठूला उद्योगलाई क्रमशः २ हजार, ५ हजार, १ लाख र ५ लाख जरिवाना लाग्दछ।
४) दर्ता पछि उद्योग #व्यवसायिक_उत्पादन सुरु गर्दा उत्पादन सुरु भएको जानकारी दिनु पर्दछ। सो जानकारी न दिएको खण्डमा प्रति ६ महिनाको लागि लघु, घरेलु तथा साना, मझौला तथा ठूला उद्योगलाई क्रमशः २ हजार, १० हजार र २५ हजार जरिवाना लाग्दछ।
५) उद्योग #स्थानान्तरण गर्नु परेमा स्वीकृति लिनु पर्ने हुन्छ सो स्वीकृति नलिई उद्योग स्थानान्तरण गरेमा लघु, घरेलु तथा साना, मझौला तथा ठूला उद्योगलाई क्रमशः ५ हजार, २५ देखि ५० हजार, १ लाख देखि ३ लाख जरिवाना लाग्दछ।
६) स्वीकृति नलिई #पुँजी_वृद्धि, #क्षमता_वृद्धि, #उदेश्य_थप वा #उद्देश्य_परिवर्तन गरेमा लघु, घरेलु तथा साना, मझौला तथा ठूला उद्योगलाई क्रमशः ५ हजार, २५ देखि ५० हजार, १ लाख देखि ३ लाख जरिवाना लाग्दछ।
७) हरेक उद्योगले आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र #वार्षिक_प्रगति_विवरण बुझाउनु पर्दछ। त्यो विवरण न बुझाएको खण्डमा लघु, घरेलु तथा साना, मझौला र ठूला उद्योगलाई क्रमशः १ हजार, ५ हजार, १० हजार र २५ हजार जरिवाना लाग्दछ।
८) ठूला, मझौला तथा वार्षिक १५ करोड भन्दा बढी कारोबार गर्ने घरेलु तथा साना उद्योगले खुद नाफा को कम्तीमा १% रकम #व्यवसायिक_सामाजिक_उत्तदायित्व (CSR) को लागि छुट्याई तोकेको क्षेत्रमा खर्च गर्नु पर्दछ। यसरी न गरेमा खुद नाफा को १.५% रकम जरिवाना लाग्दछ र एक वर्ष भन्दा बढी CSR जिम्मेवारी पूरा न गर्ने उद्योगलाई खुद नाफाको थप ०.५% (जम्मा २%) जरिवाना लाग्दछ।
९) कुनै #निर्देशन_वा_शर्त पालना न गरेमा लघु, घरेलु तथा साना, मझौला र ठूला उद्योगलाई क्रमशः ५ हजार, ५० देखि १ लाख ५० हजार, १ लाख ५० हजार देखि ३ लाख र २ लाख ५० हजार देखि ३ लाख जरिवाना लाग्दछ।
१०) यस ऐन नियम बमोजिम #अन्य_व्यवस्थाहरू उलंघन गरेमा लघु, घरेलु तथा साना, मझौला र ठूला उद्योगलाई क्रमशः १५ हजार, १५ हजार देखि ३० हजार, ३० हजार देखि ५० हजार र ५० हजार देखि १ लाख जरिवाना लाग्दछ।
नोट: प्रदेश ऐन अनुसार केही कुराहरू फरक हुन सक्दछ।
19/03/2026
अत्यन्तै राम्रो कामको सुरुवात: उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको दश प्रतिशत फिर्ता सम्बन्धि जरुरी सूचना अनि कर बीजक(विद्युतीय बिजक)को नयाँ ढाँचा-
06/01/2026
आन्तरिक राजस्व कार्यालयहरुमा पनि करचुक्ता, अन्य निवेदनमा हुलाक टिकट टाँस्नुपर्ने व्यवस्था रहेकोमा अबदेखि हुलाक टिकट आवश्यक नपर्ने भइसकेको छ ।
22/09/2025
🌼 शुभकामना 🌼
CA Shiv Gupta