N. Ghimire & Associates-Chartered Accountants

N. Ghimire & Associates-Chartered Accountants

Share

N.

Ghimire & Associates is a firm of Chartered Accountants offering a broad range of services in the audit, taxes, accounting, payroll, corporate compliances, regulatory and consulting fields.

13/03/2025

Wishing you all a vibrant and joyful Holi! May this festival of colors bring happiness and positivity to your lives. Happy Holi!

04/03/2025

छुट सुबिधा प्रबन्द सम्बन्धि सुचना .

23/02/2025
05/02/2025

✍️व्यक्तिगत करचुक्ताको लागि कर कार्यालयमा आवेदन दिँदा रोजगारदाताले यही ढाँचामा पत्र बनाउनुभयो भने राम्रो होला है✍️

03/02/2025

👉️👉️समानुपातिक करकट्टी सम्बन्धमा👈️👈️

👉️ म कर लाग्ने र कर छुट दुवै किसिमको कारोबार गर्ने भ्याटमा दर्ता भएको व्यवसायी हुँ, यस्तो अवस्थामा मैले किनेका स्थिर सम्पत्ति र खर्च हरूमा तिरेको सम्पूर्ण भ्याट रकम कट्टी गर्न पाउँछ र ?
👉️भ्याट लाग्ने कारोबार सँग प्रत्यक्ष सम्बन्धित खरिदमा मात्र तिरेको भ्याट रकम मात्र कट्टा गर्न पाइन्छ।

👉️ यदि हजुर भ्याट लाग्ने र नलाग्ने दुवै किसिमको कारोबार गर्नुहुन्छ र खरिद गरेको सम्पत्ति वा खर्च दुवै कारोबारमा प्रयोग हुन्छ भने उक्त खरिदमा तिरेको भ्याट रकम समानुपातिक गणना गरेर मात्र करकट्टी गर्न पाइन्छ ‌।

👉️कर लाग्ने कारोबारमा मात्र उक्त सम्पत्ति वा खर्च रकम के कति प्रयोग भएको हो सो अनुपातमा मात्र खरिदमा तिरेको भ्याट रकम कट्टी गर्न पाइन्छ।

👉️कर लाग्ने कारोबार र कर छुटको कारोबार मा प्रयोग भएको सम्पत्ति र खर्चको अनुपात छुट्याउन गाह्रो भएमा वार्षिक कारोबार का आधारमा निकाल्न सकिन्छ ।
👉️ जस्तै हजुरको वार्षिक कारोबार १ करोड छ, जसमध्ये भ्याट लाग्ने कारोबार ६० लाख र भ्याट नलाग्ने कारोबार ४० लाख भयो भने यस्तो अवस्थामा अनुपात ६०/४० को भयो । अब हजुरले सामान ढुवानी प्रयोजनका लागि मानौँ २००००००/- किनेको ट्रकमा ‌ २६००००/- भ्याट रकम तिर्नुहुन्छ ‌ र उक्त ट्रक भ्याट लाग्ने र नलाग्ने दुवै सामान ढुवानीका लागि प्रयोग हुन्छ भने हजुरको करयोग्य कारोबारको अनुपात ६०% गणना गर्दा हुन आउने रकम (२६०००० ×६०%) =१५६०००/- मात्र कट्टी गर्न पाइन्छ । बाँकी १०४०००/- भ्याट रकमलाई ट्रकको मूल्यमा नै जोड्नुपर्दछ । अन्य खर्च (जस्तै डिजल, पेट्रोल, स्टेसनरी, बीमा आदि) का हकमा समेत यसैगरी गणना गरी भ्याट कट्टी गर्नुपर्दछ।

👉️मासिक रूपमा यसरी गणना गरी हिसाब निकाल्न गाह्रो हुने भएकाले अषाढ महिनाको विवरण हाल्दा वर्षभरिको एकमुष्ट हिसाब निकाली कट्टा गर्न नपाउने भ्याट रकमलाई बिक्रीतर्फ अन्य थपघटमा समायोजन गर्नुपर्दछ ।

👉️यसरी समानुपातिक करकट्टी गणना नगरी विवरण पेश गरेमा कर अधिकृतले बढी दाबी गरेको भ्याट रकममा ब्याज र थप २०% जरिवाना गर्न सक्दछ।

Photos from N. Ghimire & Associates-Chartered Accountants's post 02/02/2025

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८१-८२ को छ महिनाको तथ्याङ्कमा आधारित)

02/02/2025

🚚 ढुवानी खर्चको स्रोतमा करकट्टी र लेखाङ्कन सम्बन्धमा

🥸 भ्याटमा दर्ता भएका वा नभएका सबै व्यवसायीले भ्याटमा दर्ता नभएको ढुवानी व्यवसायी वा व्यक्ति लाई ढुवानी साधनको भाडा वा ढुवानी बापतको रकम भुक्तानी गरेमा १३ प्रतिशतले रिभर्स भ्याट दाखिला गर्नुपर्दछ।

💸 भ्याटमा दर्ता भएको ढुवानी व्यवसायी वा व्यक्ति लाइ यस्तो रकम भुक्तानी गर्दा भ्याट बिल बाट नै भुक्तानी हुने भएकाले रिभर्स भ्याट दाखिला गर्नुपर्दैन ।

🛂 आयात गर्ने का हकमा भन्सार बिन्दु देखि गोदाम सम्म ल्याइपुर्याउन लागेको भाडा रकममा रिभर्स भ्याट दाखिला गर्नुपर्दछ, निकासी गर्नेका हकमा गोदामदेखि भन्सार विन्दु सम्म पुर्‍याउन लागेको भाडा रकममा रिभर्स भ्याट दाखिाला गर्नुपर्दैन ।

🏦 यस्तो रिभर्स भ्याट बापतको रकमलाई राजस्व शीर्षक नम्बर ३३३१७ मा महिना सकिएको २५ दिनभित्र सम्बन्धित राजश्व कार्यालयमा दाखिला गर्नुपर्दछ ।

📚 यसरी दाखिला गरिएको भ्याट रकमलाई खरिद खातामा करयोग्य खरिदमा तिरेको कर र भाडा रकमलाई करयोग्य खरिदको कोलममा चढाइ खरीदमा तिरेको भ्याट र भाडा खर्च दाबि गर्नुपर्दछ ।

✔️ प्यानमा मात्र दर्ता भएको व्यक्तिले यसरी रिभर्स भ्याट दाखिला गरेमा भ्याट सहितको सबै रकम आयकर प्रयोजनका लागि खर्चकट्टी गर्न पाउँछ।

🚫 समयमा उक्त भ्याट रकम दाखिला नगरेमा १५% ब्याज र १०% थप दस्तुर लाग्दछ ।

👴 भ्याटमा दर्ता भएको ब्यक्तीलाइ यस्तो रकम भुक्तानी गर्दा १.५% श्रोतमा कर कट्टि गर्नुपर्दछ । भ्याटमा दर्ता नभएकाको हकमा भने २.५% श्रोतमा कर कट्टि गर्नुपर्दछ ।

🏦 यसरी स्रोतमा करकट्टी गरिएको रकमलाई महिना सकिएको २५ दिनभित्र दाखिला गरी इटिडिएस समेत गर्नुपर्दछ।

👴 यसरी स्रोतमा करकट्टी गरिएको रकमलाई समयमा दाखिला नगरेमा १५% वार्षिक ब्याज लाग्दछ। समयमा इटिडिएस नगरेमा दाखिला गर्नुपर्ने टिडिएस रकमको बार्षिक २.५% शुल्क लाग्दछ ।

💡 बिल्टि तथा चलानहरु बिल होइनन अत: यस्ता कागजातको आधारमा आयकर प्रयोजनका लागी भाडा खर्च कट्टि गर्न पाइदैन, अत: रु. २०००/- भन्दा बढिको ढुवानी साधनको भाडा वा ढुवानी रकम भुक्तानी गर्दा अनिवार्य रुपमा प्यान नं. उल्लेख गरेको बिल लिनुहोला । ब्यावसाय दर्ता नगरेका ढुवानी साधन धनि लाइ यस्तो रकम भुक्तानी गरेमा अनिवार्य रुपले उक्त ब्यक्तिको ब्यक्तिगत प्यान नं. उल्लेख गरी भर्पाइ बनाउनुहोला ।

30/01/2025

करछुट र शून्यदरमा फरक छ है,
शून्यदर भनेको कर लाग्ने वस्तुको निर्यात लगायतमा हुने हो ।

28/01/2025

पूर्ण कर परीक्षण के हो त, यो पर्दैमा आत्तिनु पर्दैन है ।
एकपटक यो हेर्नुस् है त !

26/01/2025

Received ACCA Gold Employer Status.
We are thrilled to announce that we have achieved accreditation as an ACCA Approved Employer, demonstrating our dedication to developing the highest quality finance professionals.

Want your business to be the top-listed Accountant in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Address


Opposite To Nepal Beema Pradhikaran, Yellow Building-3rd Floor, Kandevatasthan, Kupondole
Lalitpur

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00