01/06/2021
आ. व. २०७८/०७९ बाट लागु हुने गरी नयाँ खरिद बिक्री खाताको ढाँचा र प्रयोग सम्बन्धमा !
Chartered Accountancy !!
01/06/2021
आ. व. २०७८/०७९ बाट लागु हुने गरी नयाँ खरिद बिक्री खाताको ढाँचा र प्रयोग सम्बन्धमा !
आ. व. २०७८/०७९ को बजेटका (कर सम्बन्धी) केही महत्वपुर्ण बुँदाहरु :
१. आर्थिक वर्ष २०७७/०७८ को आयमा वार्षिक २० लाख रुपैंयासम्मको कारोबार भएका करदातालाई ९० प्रतिशत, वार्षिक २० लाख देखि ५० लाख सम्म कारोबार भएका करदातालाई ७५ प्रतिशत र वार्षिक ५० लाख देखि १ करोड सम्मको कारोबार भएका करदातालाई ५० प्रतिशत आयकर छुट दिने ।
२. सहकारी बैंक तथा सहकारी संघ संस्थाले एक आपसमा ऋण लगानी बापत तिरेको ब्याजमा अग्रिम कर कट्टी गर्न नपर्ने ।
३. मूल्य अभिबृद्धि करको खरिद बिक्री खाता प्रत्येक वर्ष कर अधिकृतबाट प्रमाणित गर्नुपर्ने हालको व्यस्था हटेको ।
४. २०७६, असार मसान्तसम्म वक्यौता रहेको कर रकम र सोमा लागेको ब्याज २०७८ पुस मसान्तभित्र दाखिला गरेमा शुल्क, जरिवाना तथा थप दस्तुर मिनाहा हुने ।
५. नेपाल सरकार, प्रदेश वा स्थानिय सरकारले स्थापना गरेको कोभिड १९ संक्रमण रोकथाम , नियन्त्रण तथा उपचार कोषमा योगदान गरेको रकम आ व २०७७/०७८ को करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न पाउने ।
६. कोभिड-१९ बाट अत्यधिक प्रभावित होटल, ट्राभल, ट्रेकिङ्ग, यातायात आदिको करयोग्य आयमा १ प्रतिशत मात्र आयकर लाग्ने गरी ती व्यवसायको नोक्सानी सार्न मिल्ने अवधी बढाएर १० वर्ष पुग्ने ।
७. आर्थिक वर्ष २०७५/७६ सम्मको वार्षिक बिवरण नबुझाएको तथा नवीकरण नगरेको कम्पनी तथा फर्मले २०७८ असोज मसान्त भित्र विवरण र शुल्क तथा जरिवाना १० प्रतिशत रकम बुझाएमा बाँकी शुल्क तथा जरिवाना मिनाहा हुने ।
८. मूल्य अभिबृद्धि करमा दर्ता भएका सबै करदाताले क्रमश: अनिवार्य रुपमा विधुतीय प्रणालीबाट विजक जारी गर्नुपर्ने व्यवस्था ।
९. साना करदातालाई लाग्दै आएको करको दर यथावात राखी पुर्वानुमनित आय विवरण बुझाउने कारोबारको सीमा रु. २० लाखबाट रु. ३० लाख पुगेको । कारोबारमा आधारित कर बुझाउने करदाताको कारोबारको सीमा रु. ५० लाख बाट रु. १ करोड पुगेको ।
१०. सामुहिक लगानी कोषको आयमा कर नलाग्ने ।
११. स्टार्टअप व्यसायलाई कारोबार शुरु गरेको मितिले ५ वर्षसम्म लाग्ने आयकरमा शत प्रतिशत छुट दिइएको ।
१२. निबृत्तभरण वापतको कर योग्य आय गणना गर्दा थप २५ प्रतिशत रकम छुट दिने ।
१३. उद्योगले निकासी पैठारी संकेत नम्बर ५ वर्षका लागी एकै पटक नवीकरण गर्न सकिने व्यस्था भएको ।
१४. कर वक्यौता नभएका र चालु वर्षमा स्वयं कर निर्धारण अनुसारको कर भुक्तानी गरेको सबै करदाताले स्वचालित प्रणालीबाट कर चुक्ता प्रमाण पत्र पाउने ।
१५. ढुवानी सेवा, कार्गो सेवा, ई लाइब्रेरी सेवा, निक्षेप सुरक्षण शुल्क, ट्रेकिंग तथा टुर प्याकेज, साइलो तथा साइलो प्रयोगको सेवा शुल्क र उत्पत्ति को प्रमाण पत्र जारी गर्दा लाग्ने शुल्कमा मूल्य अभिबृद्धि कर छुट भएको ।
19/05/2021
सर्वोच्च अदालतको २०७८ जेठ ५ को अन्तरिम आदेश !
"निषेधाज्ञा वा बन्दा बन्दी लागू भएको समयाबधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्नु नगराउनु । बन्दाबन्दि पूर्णरुपमा खोलेपछी बाटोको म्याद बाहेक ३० दिनभित्र कर विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउनु ।"
09/07/2020
NFRS for SMEs, NAS for NPOs and NAS for MEs voluntary till 31st of Ashadh, 2078 and Mandatory after 1st of Shrawan, 2078 !
02/06/2020
२०७६ सालको फाल्गुन र चैत्र महिनाको मु.अ.कर तथा अग्रिम कर कट्टीको विवरण भर्ने र कर दाखिला २०७७ साल जेष्ठ २५ सम्म गरि सक्नुपर्ने !
31/05/2020
आर्थिक विधयेक, २०७७ तथा नियमावलीहरुमा भएका संशोधनको जानकारी सम्बन्धमा !
28/05/2020
आ.व. ०७७/०७८ को बजेट (कर संसाेधन ) का केही महत्त्वपूर्ण बुँदाहरु:
:- कुल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड
:- चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड
:- पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड
:- वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब ७९ करोड
•आर्थिक वर्ष २०७६/७७ को आय विवरणअनुसार घरेलु, लघु-घरेलु तथा साना उद्योगी र व्यवसायीलाई करमा विशेष छुट:
:- २० लाखसम्म वार्षिक कारोबार गर्नेलाई ७५% छुट
:- २० देखि ५० लाखसम्म कारोबार गर्नेलाई ५० प्रतिशत छुट
:- ५० देखि एक करोडसम्म कारोबार गर्नेलाई २५ प्रतिशत छुट
•लघु उधम लाइ २ वर्ष थप गरि ७ वर्ष सम्म कर छुट
•महिला द्वारा संचालित लघु उधम लाइ ३ वर्ष थप गरि १० वर्ष सम्म कर छुट
•लघु बिमामा लाग्ने मु. अ. कर हटाईएको
•हवाई सेवा, होटल, यातायात सेवामा लाग्ने करमा आ ब २०७६/७७ को आय मा २०% छुट !!
30/04/2020
फाल्गुन र चैत्र महिनाको मु.अ.कर तथा अग्रिम कर कट्टीको विवरण भर्ने र कर दाखिला गर्ने म्याद २०७७ साल जेष्ठ २५ सम्म थप गरिएको !
28/04/2020
नेपाल रास्ट्र बैंकको निर्देशन: बैंक तथा वित्तीय संस्थाद्वारा प्रदान गरिएको ऋणमा व्याज दर २% बिन्दुले घट्ने !
आयकर ऐन तथा मूल्य अभिवृद्धि कर मा कोरोना संक्रमण को समयमा नेपाल सरकारले दिएको राहत निम्न बमोजिम रहेको छ :
✓ फाल्गुन महिनाको भ्याट बिवरण तथा रकम भुक्तानीको समयसीमा २०७७ साल बैशाख २५ गते सम्म कायम गरिएको छ।
✓ आयकर ऐन अनुसार फाल्गुन महिनाको eTDS बिवरण तथा TDS रकम भुक्तानीको समयसीमा २०७७ साल बैशाख २५ गते सम्म कायम गरिएको छ।
✓ आयकर ऐन अनुसार चैत्र मसान्त सम्ममा दाखिला गर्नुपर्ने दोस्रो किस्ता वापतको रकम भुक्तानीको समयसीमा २०७७ साल बैशाख मसान्त सम्म कायम गरिएको छ।
✓ कुनै व्यक्तिले अा. व. २०७६/७७ सालमा नेपाल सरकार तथा प्रदेश सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा योगदान गरेको रकम उक्त वर्षको कर योग्य आयमा गणना गर्दा घटाउन पाउने गरी खर्च कट्टी गर्न पाउने ।
Vacancy announcement at Kalpit Dhakal & Associates, a growing Chartered Accountants firm, Located in New Baneshwor, Kathmandu !
A. Article-Trainee (No.): 1
Qualification:- CAP- II qualified from ICAN
B. Semi Qualified CAs (No.): 2
Qualification:- Completed 3 years of Articleship from ICAN or ICAI
C. Interns (No.): 3
Qualification:- Pursuing/Completed BBS or BBA
> No bar of salary and stipend for the deserving candidates.
Interested candidates can drop their CV at:[email protected]
Contact Number:- 9852620755
11/12/2019
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |