आर्थिक विधेयक २०८३: कर नबुझाएका कम्पनी र व्यवसायीलाई सरकारको राहत प्याकेज प्रस्ताव
आयकरको ब्याज तथा शुल्क मिनाहासम्बन्धी विशेष व्यवस्था :
(१) कुनै व्यक्तिले विगतमा स्थायी लेखा नम्बर नलिई कर लाग्ने आय आर्जन गरी आयकर दाखिला नगरेको भएमा त्यस्तो व्यक्तिले स्थायी लेखा नम्बर लिई आर्थिक वर्ष २०७९/०८० देखि २०८२/०८३ सम्मको आय विवरण संवत् २०८३ साल पुस मसान्त सम्ममा दाखिला गरी सो बमोजिम लाग्ने कर दाखिला गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज रकम मिनाहा हुनेछ र सोभन्दा अगाडिको आय वर्षहरूको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा ब्याज समेत बुझाउनु पर्ने छैन।
(२) विगतमा स्थायी लेखा नम्बर लिई करको दायरामा आइसकेका, तर कुनै आय आर्जन वा कारोबार नगरेका करदाताले आर्थिक वर्ष २०८१/०८२ वा सो भन्दा अघिदेखिको आय विवरण दाखिला नगरेको भए त्यस्ता व्यक्तिले दर्ता खारेज गर्न वा कारोबार सञ्चालन गरी सक्रिय हुन चाहेमा आर्थिक वर्ष २०८२/०८३ को आय विवरण तथा सो बमोजिमको कर दाखिला गरी संवत् २०८३ साल पुस मसान्तभित्र सम्बन्धित कार्यालयमा दर्ता खारेजीको लागि वा कारोबार सुचारु गर्न निवेदन दिएमा सो भन्दा अघिका आर्थिक वर्षहरूको आय विवरण दाखिला गर्नुपर्ने छैन। सो म्यादभित्र निवेदन नदिएमा त्यस्ता स्थायी लेखा नम्बर स्वतः प्रणालीबाट दर्ता खारेज गरिनेछ र पछि सक्रिय वा पुनः सञ्चालन गर्न चाहेमा त्यस्ता व्यक्तिले सो अवधिसम्मको आय विवरण र सो बमोजिमको कर, शुल्क तथा ब्याज दाखिला गर्नुपर्नेछ।
(३) आयकर ऐन, २०५८ बमोजिम स्थायी लेखा नम्बर लिई आय आर्जन गरी कर तथा विवरण बुझाउन बाँकी रहेका व्यक्तिले त्यस्तो कर र सोको एक प्रतिशतले हुने थप रकम तथा आय विवरण संवत् २०८३ साल पुस मसान्तभित्र बुझाएमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ।
--------------------------------------------------
मूल्य अभिवृद्धि करको जरिवाना र ब्याज मिनाहा सम्बन्धी विशेष व्यवस्था :
(१) मूल्य अभिवृद्धि करमा दर्ता भएका व्यक्तिले विगतमा कर लाग्ने कारोबार गरी मूल्य अभिवृद्धि कर सङ्कलन र दाखिला नगरेको भएमा सङ्कलन गर्नुपर्ने कर र सोको एक प्रतिशतले हुने थप रकम संवत् २०८३ साल पुस मसान्तसम्म दाखिला गरी संवत् २०८२ साल चैत सम्मको कर विवरण पेश गरेमा ब्याज, थप दस्तुर तथा जरिवाना रकम मिनाहा हुनेछ।
(२) मूल्य अभिवृद्धि करमा दर्ता भएका व्यक्तिले विगतमा कर लाग्ने कारोबार गरी कर सङ्कलन गरेका तर कर विवरण पेश नगरेको भए संवत् २०८२ साल चैत सम्मको कर विवरण संवत् २०८३ साल पुस मसान्तसम्म दाखिला गरी विवरण अनुसारको कर र सोको एक प्रतिशतले हुने थप रकम दाखिला गरेमा ब्याज, थप दस्तुर तथा जरिवाना रकम मिनाहा हुनेछ।
--------------------------------------------------
पनीरमा मूल्य अभिवृद्धि कर मिनाहा सम्बन्धमा :
दुधबाट बन्ने पनीरको विगतमा भएको बिक्रीमा असुल नभएको तिर्न बाँकी मूल्य अभिवृद्धि कर मिनाहा गरिएको छ।
--------------------------------------------------
अन्तःशुल्कको जरिवाना र विलम्ब शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था :
(१) अन्तःशुल्क ऐन, २०५८ बमोजिम इजाजतपत्र लिएका वा नलिएका व्यक्तिले विगतमा अन्तःशुल्कजन्य वस्तुको कारोबार गरी अन्तःशुल्क असुल उपर नगरेको भएमा त्यस्ता प्रतिष्ठानले आफूले बुझाउनु पर्ने सोही ऐनको दफा १०क. बमोजिमको विवरण र सो विवरण बमोजिमको अन्तःशुल्क रकम तथा त्यस्तो रकमको एक प्रतिशतले हुने रकम संवत् २०८३ साल पुस मसान्तभित्र बुझाएमा सोमा लाग्ने विलम्ब शुल्क र जरिवाना मिनाहा हुनेछ।
(२) अन्तःशुल्क ऐन, २०५८ बमोजिम इजाजतपत्र लिई तोकिएको अवधिभित्र नवीकरण नगराउने इजाजतपत्रवालाले इजाजतपत्र नवीकरण गराई कारोबारलाई निरन्तरता दिन चाहेमा संवत् २०८३ असोज मसान्तभित्र आर्थिक वर्ष २०८२/०८३ को लागि नवीकरण बापत बुझाउनु पर्ने दस्तुर बुझाई नवीकरण गरेमा बाँकी आर्थिक वर्षहरूको लाग्ने नवीकरण दस्तुर र जरिवाना मिनाहा हुनेछ। सो अवधिभित्र नवीकरण नगराउने इजाजतपत्रवालाको इजाजतपत्र भने स्वतः खारेज हुनेछ।
--------------------------------------------------
विवरण पेश गरेका तर कर तथा अन्तःशुल्क बक्यौता रहेका व्यक्तिले कर तिरेमा ब्याज, शुल्क, थप दस्तुर तथा जरिवाना मिनाहा सम्बन्धी विशेष व्यवस्था :
मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र अन्तःशुल्क ऐन, २०५८ बमोजिम मूल्य अभिवृद्धि कर विवरण, आयविवरण र अन्तःशुल्क विवरण पेश गरी संवत् २०८३ साल जेठ १५ गतेसम्म मूल्य अभिवृद्धि कर, आयकर तथा अन्तःशुल्क तिर्न बाँकी रहेका व्यक्तिले त्यस्तो विवरण अनुसारको बाँकी कर तथा अन्तःशुल्क रकम र सोको एक प्रतिशतले हुने थप रकम संवत् २०८३ साल पुस मसान्तभित्र बुझाएमा सोमा लागेको शुल्क, थप दस्तुर, जरिवाना, ब्याज तथा विलम्ब शुल्क मिनाहा हुनेछ।
--------------------------------------------------
कर निर्धारणबाट सिर्जित बक्यौता दाखिला गरेमा शुल्क, थप दस्तुर तथा जरिवाना मिनाहासम्बन्धी विशेष व्यवस्था :
(१) मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र अन्तःशुल्क ऐन, २०५८ बमोजिम संवत् २०८३ साल जेठ १५ गतेसम्म आन्तरिक राजस्व विभाग वा अन्तर्गतका कार्यालयबाट कर निर्धारण वा संशोधित कर निर्धारण वा अन्तःशुल्क निर्धारण भई दाखिला गर्न बाँकी रहेको मूल्य अभिवृद्धि कर, आयकर तथा अन्तःशुल्क रकम र सोको एक प्रतिशतले हुने थप रकम संवत् २०८३ साल पुस मसान्तभित्र बुझाएमा सोमा लागेको शुल्क, थप दस्तुर, जरिवाना तथा बाँकी ब्याज वा विलम्ब शुल्क मिनाहा हुनेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दूरसञ्चार सेवा प्रदान गर्ने व्यवसायमा संलग्न व्यक्तिको हकमा सो उपदफा बमोजिमको व्यवस्था लागू हुने छैन।
--------------------------------------------------
कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिवाना मिनाहा सम्बन्धी व्यवस्था :
कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले सम्बन्धित कानूनले तोके बमोजिम म्यादभित्र विवरण पेश नगरेको, नवीकरण नगरेको वा दाखिला गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज वा जरिवाना दाखिला नगरेको भएमा त्यस्ता कम्पनीले कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष २०८२/८३ को लागि कानून बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण संवत् २०८३ असोज मसान्तभित्र पेश गरेमा सोभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज वा जरिवाना मिनाहा हुनेछ।
--------------------------------------------------
दायरामा आउने निकायलाई आयकर छुट सम्बन्धी विशेष व्यवस्था :
स्थायी लेखा नम्बर लिएका वा नलिएका विश्वविद्यालय, कुटनीतिक निकाय, विकास साझेदार वा नेपालमा लगानी गर्ने गैरबासिन्दा व्यक्तिले आर्थिक वर्ष २०८२/८३ सम्मको भुक्तानीको श्रोतमा कट्टी गरिएको अग्रिम कर रकम बाहेक आय विवरण तथा आयकर दाखिला गर्नुपर्ने छैन। सामुदायिक विद्यालय तथा सामुदायिक स्वास्थ्य संस्थाले संवत् २०८३ साल पुस मसान्तभित्र आर्थिक वर्ष २०८२/८३ को आय विवरण र सो आय विवरण बमोजिमको कर रकम दाखिला गरी निवेदन दिएमा सोभन्दा अगाडिको आय विवरण दाखिला गर्नुपर्ने छैन र आयमा लाग्ने कर, ब्याज तथा शुल्क मिनाहा हुनेछ।
--------------------------------------------------
संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका वा अन्य संस्थालाई कर ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था :
संस्था खारेजी हुँदा बाँकी रहेको सम्पत्ति नेपाल सरकारको हुने गरी विधानमा व्यवस्था भएका नाफा नकमाउने उद्देश्य राखी संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएको संस्था आयकर ऐन, २०५८ बमोजिम कर छुट पाउने संस्थाको रूपमा दर्ता भएको वा नभएको भए तापनि त्यस्तो संस्थाले संवत् २०८३ साल पुस मसान्तभित्र आर्थिक वर्ष २०८२/८३ को आय विवरण दाखिला गरेमा सो आर्थिक वर्ष र सो भन्दा अगाडि संस्थाले प्राप्त गरेको दान, चन्दा तथा उपहार बापतको रकमबाट सिर्जित करयोग्य आयमा लाग्ने कर, ब्याज तथा शुल्क मिनाहा हुनेछ। त्यस्तो संस्थाले प्राप्त गरेको दान, चन्दा तथा उपहार बापतको रकम मात्र आय भएमा आय विवरण समेत पेश गर्नुपर्ने छैन।
--------------------------------------------------
बीमा अभिकर्ताको लागि ब्याज, थप दस्तुर तथा जरिवाना मिनाहा सम्बन्धी विशेष व्यवस्था :
बीमा अभिकर्ताको व्यवसाय गर्ने कुनै पनि व्यक्तिले आर्थिक वर्ष २०८२/८३ वा सोभन्दा अघि कानून बमोजिम मूल्य अभिवृद्धि कर असुल नगरेको भएमा लाग्ने कर र सोमा लाग्ने ब्याज, थप दस्तुर तथा जरिवाना मिनाहा हुनेछ र त्यस्तो व्यक्तिले कर विवरण समेत पेश गर्नुपर्ने छैन।
Business Partner Nepal Pvt. Ltd.
We are providing one-stop business solutions for every business in Nepal.
(Accounting and Financial Consultation, TAX Consultation, Human Resources Related Consultation, Training, Information Technology Solutions, Software Development.) (Accounting and Financial Consultation, TAX Consultation, Human Resources Related Consultation, Training, Information Technology Solutions, Software Development, Loan Processing Document, etc.)
02/04/2026
29/03/2026
सरकारी सेवामा रहेको ढिलासुस्ती र बिचौलियाको चलखेल अन्त्य गर्न प्रविधिको प्रयोगमा जोड दिँदै कम्पनी रजिस्ट्रार कार्यालय, उद्योग विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका विवरणहरू स्वचालित रूपमा आदानप्रदान हुने प्रणाली दुई महिनाभित्र विकास गरिने विषय बालेन सरकारको १०० दिने कार्यसूचीमा समावेश छ ।
सरकारी सेवामा रहेको ढिलासुस्ती र बिचौलियाको चलखेल अन्त्य गर्न प्रविधिको प्रयोगमा जोड दिँदै कम्पनी रजिस्ट्रार कार्यालय, उद्योग विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका विवरणहरू स्वचालित रूपमा आदानप्रदान हुने प्रणाली दुई महिनाभित्र विकास गरिने विषय बालेन सरकारको १०० दिने कार्यसूचीमा समावेश छ ।
समाचार लिंक कमेन्ट बक्समा
04/02/2026
सामाजिक सुरक्षा कोषमा श्रमिकलाई आवद्ध नगरिएको कारण मृत्यु पश्चात् आश्रितले पाउनु पर्ने पेन्सन रकम उपलब्ध गराउन कोषले रोजगारदातालाई करिब रु २० लाख ४३ हजार भुक्तानी गर्न आदेश दिएकोमा उच्च अदालत हुँदै सर्वोच्च अदालतले समेत उक्त आदेश सदर गरेको छ। आज एक कार्यक्रम वीच अदालतको फैसलापछि सो रकम मृतक श्रमिकका आश्रित विरगंज निवासी श्रीमती उमा देवीलाई हस्तान्तरण गरिएको छ। यस निर्णयले नियमित योगदान गर्ने अवस्थामा जोखिम कोषले वहन गर्ने र योगदान नगरेमा सम्पूर्ण दायित्व रोजगारदाताकै हुने स्पष्ट सन्देश दिएको छ।कानुनको पालना सबैले गरौँ !!
नियम अनुसार रोजगारदाताले श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध नगर्दा श्रमिकको मृत्यु भएमा के हुन्छ ?
समाजिक सुरक्षा कोषले बिगो कायम गरि आश्रित परिवारलाई क्षतिपूर्ति दिन रोजगारदातालाई आदेश दिन्छ । यसैको अभ्यासको रूपमा कोषमा आबद्ध नगरिएको कारण मृत्यु पश्चात् आश्रितले पाउनु पर्ने पेन्सन रकम उपलब्ध गराउन कोषले रोजगारदातालाई करिब रु २० लाख ४३ हजार भुक्तानी गर्न आदेश दिएकोमा उच्च अदालत हुँदै सर्वोच्च अदालतले समेत उक्त आदेश सदर गरेको छ। आज एक कार्यक्रम वीच अदालतको फैसलापछि सो रकम मृतक श्रमिकका आश्रित विरगंज निवासी श्रीमती उमा देवीलाई हस्तान्तरण गरिएको छ। यस निर्णयले नियमित योगदान गर्ने अवस्थामा जोखिम कोषले वहन गर्ने र योगदान नगरेमा सम्पूर्ण दायित्व रोजगारदाताकै हुने स्पष्ट सन्देश दिएको छ।कानुनको पालना सबैले गरौँ !!
07/01/2026
28/07/2025
09/12/2024
23/09/2024
Notice regarding income tax filing date extension for 2080/081
Notice:https://ird.gov.np/public/pdf/1380427252.pdf
Click here to claim your Sponsored Listing.
Location
Contact the business
Telephone
Address
Lalitpur
Kathmandu
25144
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 10:00 - 17:30 |