Tax Ghar

Tax Ghar

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tax Ghar, Tax preparation service, Kalanki, Kathmandu.

15/07/2026

कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा जरिवाना १००% छुट !
छिटो गर्नुहोस्।
कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले कानूनले तोके बमोजिम म्यादभित्र विवरण पेश नगरेको, अद्यावधिक नगरेको वा दाखिला गर्नुपर्ने कर, शुल्क, दस्तुर, जरिवाना दाखिला नगरेको भएमा त्यस्ता कम्पनीले कारोवार जारी राख्ख वा दर्ता खारेज गर्न चाहेमा आ.व. २०८२/०८३ को लागि कानून बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण संवत् २०८३ असोज मसान्तभित्र पेश गरेमा सोभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर वा जरिवाना मिनाहा हुने थप जानकारी का लागि सम्पर्क ९८४३२५९८५६

Photos from Tax Ghar's post 13/07/2026

नयाँ करका नयाँ बीजक(Bill) ढाँचाहरु।

30/06/2026
19/06/2026

आन्तरिक लेखा परीक्षण अनिवार्य

01/06/2026

QR कोडले तिर्नुस्, बीजक (Bill) लिनुस् र भ्याटको १०% स्वतः फिर्ता पाउनुस्, यो सुविधा कसरी काम गर्छ, र यसको कसरी फाइदा उठाउने?

नेपालमा किनमेल गर्दा हामी प्रायः दुईवटा काम गर्दैनौं। पहिलो, बीजक माग्दैनौं। दोस्रो, डिजिटल भुक्तानी गर्दैनौं। यी दुवै बानीले हामीलाई नै घाटा पुर्याइरहेको थियो। बजेट २०८३/८४ ले यी दुवै बानी बदल्न आर्थिक प्रोत्साहन दिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५, २०८३ मा संसदमा पेश गरेको बजेटमा एउटा महत्वपूर्ण व्यवस्था गरिएको छ। डिजिटल भुक्तानीको माध्यमबाट उपभोक्ताले गरेको खरिदमा बीजक जारी हुँदाकै समयमा मूल्य अभिवृद्धि करको १० प्रतिशत छुट पाउने व्यवस्था कार्यान्वयन गरिनेछ।

यो कसरी काम गर्छ?

तपाईं पसलमा जानुभयो। सामान छान्नुभयो। QR कोड, मोबाइल बैंकिङ वा डिजिटल वालेटमार्फत भुक्तान गर्नुभयो। पसलले बीजक जारी गर्यो। त्यही क्षणमा तपाईंले तिरेको भ्याटको १० प्रतिशत स्वतः फिर्ता हुनेछ। कुनै आवेदन गर्नु पर्दैन, कुनै कार्यालय धाउनु पर्दैन। किनभने भ्याट फिर्ता प्रणाली पूर्ण रूपमा स्वचालित बनाइनेछ।

वास्तविक हिसाब के हो?

नेपालमा भ्याट दर १३ प्रतिशत छ। यदि तपाईंले १ हजार रुपैयाँको सामान किन्नुभयो भने त्यसमा भ्याट हुन्छ करिब ११५ रुपैयाँ। यसको १० प्रतिशत अर्थात् करिब ११ रुपैयाँ ५० पैसा फिर्ता हुनेछ। एउटा खरिदमा सानो रकम जस्तो देखिन्छ। तर वर्षभरिमा हिसाब गर्नुभयो भने यो रकम उल्लेख्य हुन सक्छ।

बीजक लट्री के हो?

यति मात्र होइन। सरकारले बीजक लिनेदिने संस्कृति प्रोत्साहन गर्न लट्री जस्ता आकर्षक कार्यक्रम पनि सञ्चालन गर्नेछ। हरेक बीजकले तपाईंलाई पुरस्कार जित्ने मौका दिनेछ। यसले एकैसाथ दुईवटा उद्देश्य पूरा गर्छ। उपभोक्तालाई प्रत्यक्ष फाइदा र सरकारलाई राजस्व दुवै।

चाँडो भ्याट फिर्ता

अहिलेसम्म भ्याट फिर्ता लिन महिनौं लाग्थ्यो। कागजात बुझाउनुपर्थ्यो, कार्यालय धाउनुपर्थ्यो, पर्खनुपर्थ्यो। यो नयाँ व्यवस्थाले त्यो झन्झट पूर्ण रूपमा हटाउनेछ। भ्याट फिर्ता प्रणाली स्वचालित बनाइनेछ भन्नुको अर्थ नै यो हो।

व्यवसायीका लागि के अर्थ राख्छ?

व्यवसायीहरूका लागि पनि यो महत्वपूर्ण छ। वार्षिक १० करोडभन्दा माथि कारोबार गर्ने सबै व्यवसायलाई केन्द्रीय ई-बीजक अनुगमन प्रणालीमा अनिवार्य रूपमा आबद्ध गराइनेछ। यसले बीजक प्रणालीलाई थप पारदर्शी र विश्वसनीय बनाउनेछ।

यो व्यवस्थाले नेपालको डिजिटल अर्थतन्त्रलाई फड्को मार्न र कर पालनाको संस्कृति विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

तपाईं डिजिटल भुक्तानी गर्नुहुन्छ? यो सुविधाबारे थाहा थियो? कमेन्टमा लेख्नुस्। यो पोस्ट आफ्ना साथीभाइसँग सेयर गर्नुस् ताकि सबैले यो सुविधाको फाइदा उठाउन सकून्। Politics Centre फलो गर्नुस्, बजेटका सबै महत्वपूर्ण विषयमा विश्लेषण यहीं पाउनुहुनेछ।

Photos from Tax Ghar's post 31/05/2026

अत्यन्तै विवादित र आलोचित बनिरहेको विद्युत खपतमा VAT: हालैको बजेट व्यवस्थाअनुसार मासिक ५० युनिटभन्दा बढी विद्युत् खपतमा सहुलियत दर (५%) भ्याट लगाउने व्यवस्था गरिएको।

कहाँ उल्लेख छ त?

बजेट वक्तव्य: बुँदा ६९ (ख)
आर्थिक विधेयक, २०८३: बुँदा ५५
भ्याट दर: ५% (सहुलियत दर)

29/05/2026

GoodNews: अब देखि १० लाख रुपैयाँ सम्मको आयमा कर नलाग्ने भएको छ ।

29/05/2026

कर नतिर्ने लाई छुट

Want your business to be the top-listed Accountant in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kalanki
Kathmandu