26/02/2026
सार्वजनिक बिदा सम्बन्धी सूचना ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tax Ghar, Tax preparation service, Kalanki, Kathmandu.
26/02/2026
सार्वजनिक बिदा सम्बन्धी सूचना ।
24/02/2026
25/01/2026
16/01/2026
Online बाटै अरूको नाममा रहेको सिम आफ्नो नाममा परिवर्तन गर्ने तरिकाः
सुरुमा आफुले चलाउने सिम कार्ड कसको नाममा रहेको छ भनेर Check गर्नको लागि *922 # डायल गर्नुहोस र आफ्नो नाममा छैन भने तलको प्रक्रिया पूरा गर्नुहोस ।
Step १: वेबसाइट खोल्नुहोस्:
आफ्नो मोबाइल वा ल्यापटपको ब्राउजर खोल्नुहोस् र नेपाल टेलिकमको आधिकारिक वेबसाइट खोल्नुहोस्:
👉 corporate.ntc.net.np
Step २: लगइन (Login) गर्नुहोस्
दिएको बक्समा आफ्नो १० अङ्कको मोबाइल नम्बर लेख्नुहोस्।
स्क्रिनमा देखिएको Captcha अक्षर जस्ताको तस्तै टाइप गर्नुहोस्।
Generate OTP बटनमा क्लिक गर्नुहोस्।
मोबाइलमा आएको ६ अङ्कको OTP कोड सम्बन्धित बक्समा राख्नुहोस्।
Validate & Login मा क्लिक गर्नुहोस्।
Step ३: व्यक्तिगत विवरण भर्नुहोस्:
फारम खुलेपछि तलका विवरणहरू सावधानीपूर्वक भर्नुहोस्:
• नाम: नागरिकतामा भए अनुसार
• बुबा, आमा र बाजेको नाम (अनिवार्य)
• जन्म मिति र लिङ्ग
• ठेगाना: जिल्ला, पालिका र वडा नम्बर
• नागरिकता वा पासपोर्ट विवरण
Step ४: कल विवरण (Call History)
यो सिम तपाईंको नै हो भनेर प्रमाणित गर्न:
• पछिल्ला ३ दिनभित्र तपाईंले आफैँले फोन गरेका मोबाइल नम्बरहरू लेख्नुहोस्।
• सकेसम्म हालसालै फोन गरिएका ५ वटा नम्बर भर्नुहोस्।
नोट:
आफूलाई आएको कल ❌
१४१५ जस्ता सेवा नम्बर ❌
मिस्ड कल ❌
**आफूले कल गरेको नम्बर मात्र राख्नुहोस् ✅
Step ५: कागजात अपलोड गर्नुहोस्
• नागरिकताको अगाडि र पछाडिको फोटो प्रष्ट देखिने गरी एउटै फाइल वा छुट्टाछुट्टै अपलोड गर्नुहोस्।
• फाइल साइज १ MB भन्दा कम हुनुपर्छ।
• साथै, यो नम्बर तपाईंको नै हो भन्ने प्रमाणका लागि:
• बैंकको पत्र वा
• अन्य सम्बन्धित प्रमाणपत्र/कागजात अपलोड गर्नुहोस्।
सबै कागजात अपलोड गरेपछि Next (ID Photo) मा क्लिक गर्नुहोस्।
Step ६: लाइभ फोटो खिच्नुहोस्
• आफ्नो नागरिकता वा परिचयपत्र हातमा लिएर
• क्यामेराबाटै Live Photo खिच्नुहोस्
• फोटो स्पष्ट आएपछि Submit गर्नुहोस्।
Step ७: फारम बुझाउनुहोस् (Submit)
भरेका सबै विवरणहरू एकपटक राम्रोसँग जाँच गर्नुहोस्।
सबै ठीक भए तलको बक्समा ✓ टिक लगाउनुहोस्।
Submit Application बटनमा क्लिक गर्नुहोस्।
अन्तिम जानकारी
अनलाइन फारम Submit गरेपछि,
******नजिकैको नेपाल टेलिकम कार्यालय/काउन्टरमा गएर एकपटक भेरिफिकेशन (रुजु) गराउनुपर्ने हुन्छ।
त्यसपछि मात्र
Deferre Tax र यसले कम्पनीको नाफामा पार्ने प्रभाव !
कुनै पनि कम्पनीहरूको वित्तीय प्रतिवेदन अध्ययन गर्दा सतहमा देखिने नाफा वा घाटाका अङ्कले मात्र संस्थाको वास्तविक आर्थिक अवस्थाको पूर्ण चित्रण नगर्ने देखिएको छ। कतिपय अवस्थामा कर दायित्वको व्यवस्थापन र लेखांकनका प्राविधिक समायोजनहरूले कम्पनीको वित्तीय नतिजालाई प्रभाव पारेको पाइन्छ। विशेषगरी, स्थगित करको प्रावधानका कारण करपूर्व घाटामा देखिएका कम्पनीहरू पनि अन्तिममा नाफामा देखिन सक्छन् भने कागजमा सबल देखिएका कम्पनीहरूको आन्तरिक वित्तीय अवस्था लगानीकर्ताका लागि फरक हुन सक्छ। तसर्थ, वित्तीय विवरणका भित्री र सूक्ष्म पक्षहरूको विश्लेषण नगरी केवल बाहिरी अङ्कका आधारमा धारणा बनाउनु अपूर्ण हुन जान्छ।
लगानीकर्ताहरूका लागि कम्पनीको नाफाको परिमाणभन्दा त्यसको गुणस्तर र दिगोपन बुझ्नु बढी महत्त्वपूर्ण हुन्छ। करको समय सीमा व्यवस्थापन र लेखा-प्रक्रियामा गरिने हेरफेरले अल्पकालीन रूपमा कम्पनीको आम्दानीलाई फरक स्वरूप प्रदान गर्न सक्छ। यस परिप्रेक्ष्यमा, लगानी सम्बन्धी निर्णय लिँदा केवल खुद नाफाको अङ्कमा सीमित नभई, भविष्यमा सिर्जना हुने कर दायित्व र वास्तविक आम्दानीको गहिराइ बुझ्नु बुद्धिमानी हुन्छ।
लगानीकर्ताले सुरक्षित र विवेकपूर्ण निर्णय लिनका लागि वित्तीय विवरणभित्र लुकेका यस्ता प्राविधिक पक्षहरूको विस्तृत अध्ययन गर्नु आजको बजारमा अपरिहार्य बनेको छ। यसबारेमा पुरा जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस्।
15/01/2026
धन्यवाद IRD It team, यसपाली Ird system पौष मसान्तमा smoothly चल्ने बनाएकोमा ।
15/01/2026
२०८२ माघ १ देखि रु. ५ लाख भन्दा बढीको नगद कारोबार गर्न नपाउने सम्बन्धि नेपाल राजपत्रमा प्रकाशित सूचना !!
05/01/2026
आन्तरिक राजस्व विभागले होमपेजमा केही परिवर्तन गरेको छ ।
17/12/2025
✍️यही पौष मसान्तसम्म मात्र है यो स्किम । के तपाईंले २०८१ चैत्र मसान्तसम्मको मूल्य अभिवृद्धि कर बुझाउन बाकी छ वा विवरण पनि हाल्न बाकी छ ? अब धेरै दिन बाकी छैन है ।
“धेरै कारोबार नगदमा हुन्छ, बैंकमा थोरै मात्र देखिन्छ।
बैंक स्टेटमेन्ट अनुसार मात्रै कारोबार देखाउँदा के फरक पर्ला र?”
यस्तो सोच धेरै करदाताको मनमा स्वाभाविक रूपमा आउँछ। तर यहाँ सावधानी आवश्यक हुन्छ।
नेपालको कर प्रणालीले अहिले cash vs banking pattern लाई पनि जिज्ञासा साथ हेर्दछ। कारोवार, देखाउने मुनाफा, व्यवसायीक/गैरव्यवसायिक खर्च Pattern पनि हेर्छ।
बैंकमार्फत नआएको आम्दानी(लेनदेन), व्यक्तिगत Esewa,Khalti wallet देखिएको पैसामा Audit को सामान्य जिज्ञासा हुनु स्वभाविक नै हो—यसको स्रोत(Income Source) के हो?
Sales देखिएको छ, तर stock movement मिलेन भने आय अनुमान (best judgment) को अवस्था अनुसार ठुलो कर निर्धारणको अवस्था आउन सक्छ।
कर्मचारीको TDS गरेकै छु भनेर गैरकर्मचारीका नाममा eTDS देखाउनु हुदैन। अहिले २५ हजार भन्दा माथी अनिवार्य Bank Payment गर्नुपर्ने कानुनी व्यवस्था पनि छ।
कारोवारको हिसाब किताब, बित्तीय विवरण, आय विवरण गणितीय अंकमा हिसाबले ठीक छ, तर आम्दानी र जीवनशैलीबीच ठूलो gap देखिएमा clarification मागिन सक्छ।अनुसन्धानको जोखिम हुन सक्छ।
Tax Office को उद्देश्य करदातालाई दोषी ठहर गर्नु होइन/हुनुहुदैन। Tax Office को उद्देश्य व्यवसायिक वातावरण स्वच्छ प्रतिस्पर्धी बनाउनु पनि हो।सबैलाई व्यवसायीक अनुशासनमा समानरुपमा उत्साहित बनाउनु पनि हो।
कर विवरणको consistency र पारदर्शिता सुनिश्चित गर्नु हो।
कर प्रणाली बुझेर र तत्कालीन फाईदा मात्र नहेरेर अगाडि बढ्दा जोखिम होइन, आत्मविश्वास बढ्छ।
अब आफैंलाई सोधौँ—
तपाईंको कारोबार कागजमा मात्र होइन,तपाईको खर्च/व्यवहार पनि मिल्दोजुल्दो छ❓️