31/05/2026
आदरणीय सञ्चालक श्री पशुपति भक्त श्रेष्ठ ज्यूको १३औँ पुण्य तिथिमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौँ।
साथै, यस दुःखद घडीमा शोकाकुल परिवार तथा आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछौँ।
गुडविल फाइनान्स लिमिटेड
28/05/2026
१९ औँ गणतन्त्र दिवसको शुभ अवसरमा राष्ट्रिय एकता, समृद्धि र प्रगतिका लागि गुडविल फाइनान्स लिमिटेड परिवारको तर्फबाट तपाईँहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। ; ;
27/05/2026
बकर ईदको अवसरमा तपाईहरु सबैलाई गुडविल फाइनान्स लिमिटेड परिवारको तर्फबाट हार्दिक शुभकामना ।🌙✨
Eid Mubarak to all our valued customers and well-wishers! May this festival bring abundance, happiness, and prosperity to your lives. We are grateful for your trust and support. As we celebrate the beauty of this special day, let us also reflect on the values of togetherness, generosity, and gratitude. 🌙✨
23/05/2026
हाम्रो यस गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) का आदरणीय सञ्चालक श्री पशुपति भक्त श्रेष्ठ ज्यू को असामयिक निधनको दुःखद खबरले हामी सबैलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको छ ।
दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै ईश्वरले उहाँको परिवार, आफन्त तथा शुभेच्छुकहरूलाई यो असह्य पीडा सहन सक्ने शक्ति प्रदान गरून् भनी हार्दिक प्रार्थना गर्दछौं ।
यस दुःखद घडीमा शोकसन्तप्त परिवारप्रति हाम्रो गहिरो समवेदना तथा भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछौं ।
19/05/2026
Manhunt International Nepal 2026 Batch मा Mister ECO International Nepal 2026 को बिजेता भइ छनोट हुन सफल भएको र Mister ECO International 2026 फिलिपिन्समा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पाएकोमा गुडविल फाइनान्स लिमिटेडका होनहार कर्मचारी श्री चञ्चल शाहीज्यूलाई हार्दिक बधाई एवं आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका चरणहरुमा पनि सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
उहाँको यो उपलब्धिले गुडविल फाइनान्स परिवारलाई गौरवान्वित बनाएको छ। आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा उहाँले नेपाल तथा संस्थाको नाम उच्च राख्दै उत्कृष्ट सफलता हासिल गर्नुहोस् भन्ने कामना गर्दछौं।
30/04/2026
बुद्ध जयन्तीको पावन अवसरमा यहाँहरू सम्पूर्णमा गुडविल फाइनान्स लिमिटेड परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। भगवान बुद्धका उपदेशहरूले हामी सबैमा शान्ति, सहिष्णुता र सद्भावना फैलाओस् भन्ने कामना गर्दछौँ।
On this auspicious occasion of Buddha Jayanti, let us take a moment to reflect on the timeless teachings of Lord Buddha. His path inspires us to cultivate inner harmony, practice generosity, and uphold ethical conduct in our daily lives.
The principles of non-violence, mindfulness, and detachment remain deeply relevant, guiding us toward peace, clarity, and true contentment even in today’s fast-paced world.
As a financial institution, we encourage mindful financial decisions that reflect these values—promoting balance, responsibility, and long-term well-being. Let us work together to build a secure and sustainable future for ourselves and generations to come.
May the wisdom of Lord Buddha illuminate your path with peace, happiness, and prosperity.
Wishing you a joyful and blessed Buddha Jayanti!
16/04/2026
मातातीर्थ औँशी को पावन अवसरमा सम्पूर्ण आमाहरूप्रति उच्च सम्मान प्रकट गर्दै, गुडविल फाइनान्स लिमिटेड परिवारको तर्फबाट सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। #मातातीर्थऔँश #आमादिवस
08/04/2026
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरजस्तो गरिमामय तथा जिम्मेवार पदमा नियुक्त हुनुभएकोमा श्री किरण पण्डितज्यूलाई यस वित्तीय संस्थाको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछौं। साथै, उहाँको कार्यकाल सफल, प्रभावकारी तथा राष्ट्रको वित्तीय प्रणालीलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याओस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा श्री किरण पण्डितज्यूलाई नेपाल वित्तीय संस्था संघको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
08/04/2026
सम्पूर्ण सम्बन्धित सबैलाई जानकारी गराइन्छ कि हाम्रो कार्यालयको कार्य समय परिवर्तन गरिएको छ।