17/07/2026
आर्थिक वर्ष २०८३।०८४ को हार्दिक मंगलमय शुभकामना 🙏
नयाँ आर्थिक वर्षको सुरुवातसँगै, कृपया निम्न महत्त्वपूर्ण अनुपालन (compliance) सम्बन्धी आवश्यकताहरूमा ध्यान दिनुहोस्:
१. साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष अन्तर्गत बिलिङ (शाखा भएमा सो मा समेत) १ नम्बरबाट सुरु गर्नुहोस् ।
२. नयाँ बिक्री/खरिद/स्टक दर्ता किताबहरू (Registers) प्रयोग गर्नुहोस् र तिनलाई विधिवत रूपमा स्व-प्रमाणित (self-attested) गर्नुहोस् ।
३. आयात निर्यातकर्ता हुनुहुन्छ भने, आफ्नो EXIM कोड नवीकरण गर्नुहोस्।
४. २५,००० रुपैयाँभन्दा बढीको सम्पूर्ण भुक्तानी बैंकिङ माध्यमबाट गर्नुहोस्।
५. बिल जारी गर्नुअघि नयाँ आर्थिक वर्षका लागि आफ्नो लेखासम्बन्धी सफ्टवेयर (accounting software) र बिजक नम्बर (invoice series) अद्यावधिक गर्नुहोस् ।
६. ब्याज र जरिवानाबाट बच्नका लागि आर्थिक वर्ष २०८२/८३ को TDS (स्रोतमा कर कट्टी) साउन २०८३ भित्र चुक्ता गरिसक्नुहोस्।
७. १० करोडभन्दा बढीको कारोबार (turnover) भएका व्यवसायहरूले CBMS बिलिङ प्रणाली लागू गर्नुहोस्।
८. ढुवानी गरिने सबै बिक्री इनभ्वाइसहरूका लागि VCTS प्रक्रिया पूरा गर्नुपर्नेछ। कृपया ध्यान दिनुहोस् कि VCTS जारी नगरेको खण्डमा प्रावधान अनुसार प्रति बिल ५०,००० रुपैयाँसम्म जरिवाना लाग्न सक्छ।
९. अन्तशुल्क लाग्ने बस्तुको कारोबार छ भने साउन महिनाभित्र अन्तःशुल्क (excise duty) नवीकरण गर्नुहोस् ।
१०. कर तथा लेखा सम्बन्धी कुनै परामर्श चाहिएमा हामीलाइ सम्झनुहोस् ।
16/07/2026
13/07/2026
20/06/2026
11/06/2026
02/06/2026
01/06/2026
19/05/2026
15/05/2026
08/04/2026