26/05/2026
सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । समितिले कर्जा असुलीलाई प्राथमिकतामा राखी काम गरिरहेको र हालसम्म सम्बन्धित सहकारीका ऋणीबाट असुल भएको रकम सोही सहकारीका साना बचतकर्तालाई चरणबद्ध रुपमा फिर्ता गरिँदै आएको विज्ञप्ती मार्फत जनाएको छ ।
#सहकारी
#समस्याग्रस्त_सहकारी
21/05/2026
नेपालमा व्यवसाय सञ्चालन गर्दा धेरैले “कम्पनी दर्ता गर्ने कि नगर्ने ?” भन्ने प्रश्न सोध्ने गर्छन्। कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी दर्ता गरी व्यवसाय सञ्चालन गर्न सकिन्छ। कम्पनी भनेको कानूनी रूपमा छुट्टै अस्तित्व भएको संस्था हो जसले आफ्नो नामबाट सम्पत्ति राख्न, कारोबार गर्न तथा मुद्दा हाल्न वा खेप्न सक्छ।
कम्पनी दर्ता गर्नुको फाइदा
१. कानूनी मान्यता प्राप्त हुन्छ
कम्पनी दर्ता भएपछि व्यवसायले औपचारिक कानूनी पहिचान पाउँछ। बैंक खाता खोल्न, कर दर्ता गर्न, सरकारी अनुमति लिन र ठूला संस्थासँग काम गर्न सहज हुन्छ।
२. सीमित दायित्व (Limited Liability)
प्रा.लि. कम्पनीमा सामान्यतया शेयरधनीको दायित्व उसले लगानी गरेको पूँजीसम्म सीमित हुन्छ। व्यवसायमा घाटा भए पनि व्यक्तिगत सम्पत्तिमा प्रत्यक्ष असर कम पर्छ।
३. व्यवसायप्रति विश्वास बढ्छ
दर्ता भएको कम्पनीप्रति ग्राहक, बैंक, लगानीकर्ता तथा साझेदारको विश्वास बढी हुन्छ। सरकारी ठेक्का, डिजिटल प्लेटफर्म तथा अन्तर्राष्ट्रिय कारोबारमा पनि सुविधा हुन्छ।
४. लगानी र शेयर विस्तार गर्न सजिलो
कम्पनीले शेयरमार्फत पूँजी बढाउन सक्छ। भविष्यमा साझेदार थप्न वा लगानीकर्ता ल्याउन सजिलो हुन्छ।
५. कम्पनीको अस्तित्व निरन्तर रहन्छ
शेयरधनी वा सञ्चालक परिवर्तन भए पनि कम्पनीको अस्तित्व समाप्त हुँदैन। यसलाई “Perpetual Succession” भनिन्छ।
६. ब्राण्ड र नाम सुरक्षित हुन्छ
दर्ता भएको कम्पनीको नाम कानूनी रूपमा सुरक्षित हुन्छ। अर्को व्यक्तिले सोही नाम प्रयोग गर्न कठिन हुन्छ।
कम्पनी दर्ता गर्नुका बेफाइदा
१. वार्षिक अनुपालन (Compliance) अनिवार्य
कम्पनीले हरेक वर्ष:
वार्षिक विवरण बुझाउन,
कर विवरण पेश गर्न,
लेखापरीक्षण (Audit) गर्न,
नवीकरण गर्नुपर्ने हुन सक्छ।
यी काम नगरे जरिवाना लाग्न सक्छ।
२. खर्च बढी हुन्छ
दर्ता शुल्क, PAN/VAT, लेखापरीक्षण, कानूनी परामर्श तथा प्रशासनिक खर्च लाग्छ।
३. सरकारी निगरानी बढी हुन्छ
व्यवसायको वित्तीय विवरण तथा गतिविधि सरकारी अभिलेखमा रहन्छ। कर तथा नियमन पालना गर्नुपर्छ।
४. निर्णय प्रक्रियामा औपचारिकता
साधारण सभा, निर्णय पुस्तिका, शेयर अभिलेख जस्ता प्रक्रिया पालना गर्नुपर्ने भएकाले सानो व्यवसायलाई झन्झटिलो लाग्न सक्छ।
कुन अवस्थामा कम्पनी दर्ता “अनिवार्य” नहुन सक्छ ?
सबै आम्दानी गर्ने कामका लागि कम्पनी दर्ता गर्नैपर्छ भन्ने होइन। केही काम व्यक्तिगत वा अन्य दर्ता प्रणालीबाट पनि गर्न सकिन्छ।
कम्पनी दर्ता नगरी गर्न सकिने केही काम
१. व्यक्तिगत पेशा (Professional Practice)
निम्न पेशा व्यक्तिगत रूपमा गर्न सकिन्छ:
शिक्षक
कलाकार
लेखक
फोटोग्राफर
संगीतकार
स्वतन्त्र प्रोग्रामर
Freelancer
Consultant
यस्ता कामका लागि कम्पनीभन्दा PAN दर्ता मात्र पर्याप्त हुन सक्छ।
२. सानो घरेलु व्यवसाय
सानो स्तरका:
किराना पसल
सिलाइ/बुनाइ
घरेलु उत्पादन
कृषि व्यवसाय
हस्तकला
जस्ता व्यवसाय घरेलु तथा साना उद्योग कार्यालय वा स्थानीय तहमा दर्ता गरेर सञ्चालन गर्न सकिन्छ।
३. कृषि तथा पारिवारिक उत्पादन
परिवारले गर्ने सामान्य खेतीपाती, पशुपालन वा साना कृषि कार्यका लागि कम्पनी दर्ता आवश्यक नहुन सक्छ।
४. एकपटक वा अस्थायी व्यापार
मेलामा अस्थायी व्यापार, व्यक्तिगत सेवा वा सानो परियोजनात्मक कामका लागि कम्पनी आवश्यक नपर्न सक्छ; तर कर तथा स्थानीय अनुमति आवश्यक हुन सक्छ।
तर ध्यान दिनुपर्ने कुरा
कम्पनी दर्ता आवश्यक नभए पनि निम्नमध्ये केही दर्ता आवश्यक पर्न सक्छ:
PAN/VAT
घरेलु उद्योग दर्ता
स्थानीय तह व्यवसाय दर्ता
पेशागत अनुमति
कर दर्ता
अर्थात् “कम्पनी दर्ता नगरे पनि कुनै न कुनै कानूनी दर्ता” धेरै अवस्थामा आवश्यक हुन्छ।
कसले कम्पनी दर्ता गर्नु राम्रो ?
यी अवस्थामा कम्पनी दर्ता उपयुक्त मानिन्छ:
धेरै लगानी भएको व्यवसाय
साझेदारी व्यवसाय
IT कम्पनी / Startup
ठूला ग्राहक वा सरकारी काम गर्ने संस्था
दीर्घकालीन ब्राण्ड बनाउन चाहने व्यवसाय
लगानीकर्ता ल्याउने योजना भएको व्यवसाय
🏢 कम्पनी रजिष्ट्रारको कार्यालय (OCR), नेपाल
🌐 [www.ocr.gov.np](http://www.ocr.gov.np)
#कम्पनी_ऐन_२०६३ #प्रबन्धपत्र #नियमावली #नेपालसरकार
स्रोत: कम्पनी रजिस्ट्रारको कार्यालय
19/05/2026
अब प्यान दर्ताका लागि कर कार्यालय धाईरहनु नपर्ने।
14/05/2026
राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी सूचना ।
#सहकारी
#उजुरी
#निवेदन
07/05/2026
व्यक्तिगत स्थायी लेखा नम्बर (PPAN) प्राप्त गर्ने ३ सरल तरीका:
१. 📱 नागरिक एप
२. 🌐 NID सहित IRD करदाता पोर्टल वा
३. 🏢 IRD करदाता पोर्टल + कार्यालयबाट प्रमाणीकरण
06/05/2026
तपाईंको सहकारीमा बचत अब सुरक्षित 🛡️
सहकारी अध्यादेश २०८३ ले ल्यायो विश्वास, पारदर्शिता र उत्तरदायित्वको नयाँ आधार।
समस्याग्रस्त सहकारीका लागी कडा नियम |
"सारमा भन्दा सहकारी अध्यादेश सकारात्मक छ |"
हामीले तयार गरेको सरल प्रस्तुति हेर्न नबिर्सनुहोस्।
Huge shout out to Shuvam Acharya for his dedicated effort.
01/05/2026
आजको गो. प. मा प्रकाशित स्टार्टअप उद्यम कर्जा सन्बन्धित सूचना॥
22/04/2026
बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयको सहकारी संघ/संस्थाहरु अध्यावधिक तथा अनुगमन सम्बन्धी सूचना ।
📌 बागमती प्रदेशका सहकारी संघ/संस्थाहरूले ध्यान दिनुहोला!
बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, सानेपाले सम्पूर्ण सहकारी संघ/संस्थाहरूलाई अद्यावधिक हुन र अनुगमनका लागि तयार रहन विशेष निर्देशन जारी गरेको छ।
✅ गर्नुपर्ने मुख्य कामहरू:
१. वार्षिक विवरण: साधारण सभाको प्रमाणित विवरण तत्काल कार्यालयमा बुझाउनुहोस्।
२. प्रणाली अद्यावधिक: COPOMIS र सम्पत्ति शुद्धीकरण (AML) प्रतिवेदन प्रणाली अनिवार्य रूपमा अपडेट गर्नुहोस्।
३. कागजात तयारी: छड्के तथा सघन अनुगमन जुनसुकै समयमा हुन सक्ने भएकोले सबै कागजातहरू दुरुस्त राख्नुहोस्।
⚠️ कारबाहीको चेतावनी:
समयमा विवरण पेश नगर्ने र नियम पालना नगर्ने सहकारी संघ/संस्थाहरूलाई ऐन बमोजिम जरिवाना मात्र नभई दर्ता खारेजी सम्मको कारबाही हुन सक्छ।
📍 सम्पर्क: प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, काठमाडौं उपत्यका, सानेपा, ललितपुर।
🗓 प्रकाशित मिति: २०८३/०१/०९
18/04/2026
बिचौलिया निषेधित क्षेत्र
- आ र का।
18/04/2026
कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली CAMIS मा गरिएको सुधार वारे जानकारी ।
२०८२.१२.३०