Advice Ally Consultants Pvt. Ltd.

Call Directions Website Contact the business

Advice Ally Consultants Pvt. Ltd. An organization formed by a team of young, energetic, aspiring & enthusiastic Chartered Accountants

सहकारी रजिष्ट्रारको कार्यालयद्वारा सन्दर्भ ब्याजदर निर्धारण सम्बन्धी सूचना । #सन्दर्भव्याजदर
16/09/2026

सहकारी रजिष्ट्रारको कार्यालयद्वारा सन्दर्भ ब्याजदर निर्धारण सम्बन्धी सूचना ।

#सन्दर्भव्याजदर

आर्थिक ऐन,२०८३ बमोजिमका कर छुट ,सहुलियत  तथा सुविधा कार्यान्वयनमा देखिएका द्विविधाका विषयहरू स्पस्ट गर्न  जारी  गरिएको स...
09/09/2026

आर्थिक ऐन,२०८३ बमोजिमका कर छुट ,सहुलियत तथा सुविधा कार्यान्वयनमा देखिएका द्विविधाका विषयहरू स्पस्ट गर्न जारी गरिएको सार्वजनिक सूचना ।

#छुट
#सहुलियत
#सुविधा
#आर्थिकऐन

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेकाे सुचना ।
08/09/2026

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेकाे सुचना ।

कम्पनी दर्ता डिजिटल भयो, तर सेवा लिन अझै कति घण्टा कुर्नुपर्ने हो?कम्पनी रजिस्ट्रारको कार्यालयलाई बधाई दिएर हामी मात्तिए...
26/08/2026

कम्पनी दर्ता डिजिटल भयो, तर सेवा लिन अझै कति घण्टा कुर्नुपर्ने हो?
कम्पनी रजिस्ट्रारको कार्यालयलाई बधाई दिएर हामी मात्तिएका हौँ कि हाम्रो प्रणाली नै यस्तै हो?
आज बिहानदेखि करिब ५ घण्टा निरन्तर एउटा कम्पनी दर्ता गर्ने प्रयासमा बसेँ।
कागजको फाइल बोकेर सरकारी कार्यालयका कोठा–कोठा धाउनुपर्ने पुरानो समस्या केही हदसम्म घटेको होला, तर डिजिटल प्रणालीले सेवाग्राहीको समय र झन्झट साँच्चै घटायो त?

एकल बिन्दु सेवा केन्द्र (One Stop Centre) को अवधारणा आफैंमा निकै राम्रो हो। तर अवधारणा राम्रो भएर मात्र पुग्दैन, सेवा पनि One Stop हुनुपर्छ।
माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीज्यू, केही व्यावहारिक प्रश्नहरू:
१. राष्ट्रिय परिचयपत्रको डेटा किन यति अविश्वसनीय?
कम्पनी दर्ताका लागि NID अनिवार्य गरिएको छ। तर NID नम्बर सही ढाँचामा राख्दा पनि कहिले डेटा आउँछ, कहिले आउँदैन।
डेटा नआएपछि फेरि नागरिकको बुवाको नाम अंग्रेजीमा, पूरा ठेगाना लगायतका विवरण हातैले भर्नुपर्ने अवस्था आउँछ।
डिजिटल प्रणालीले नागरिकको डेटा आफैं तान्नुपर्ने हो कि नागरिकले फेरि डिजिटल प्रणालीलाई आफ्नो परिचय बुझाउनुपर्ने हो?
सानो spelling वा formatting फरक पर्दा नै डेटा नआउने हो भने प्रणालीलाई थप user-friendly बनाउनुपर्ने देखिन्छ।
२. समस्या आएपछि दिइएका हेल्पलाइन नै नचल्ने भए सेवाग्राही कहाँ जाने?
NID सम्बन्धी समस्या आएमा दिइएका सम्पर्क नम्बर ( (9848862344 र 9844725589) मा फोन गर्दा सम्पर्क नहुने अवस्था र वेबसाइट/पोर्टल नै नचल्ने अवस्था आयो भने,
"डिजिटल सेवा" को अन्तिम सहारा के हो?
समस्या आउनु अस्वाभाविक होइन।
तर समस्या आएपछि काम गर्ने वैकल्पिक माध्यम हुनुचाहिँ अनिवार्य हो।
३. कम्पनी दर्ता भयो भनेर खुशी हुने कि PAN का लागि अर्को यात्रा सुरु गर्ने?
कम्पनी दर्ता भएपछि अब PAN का लागि छुट्टै कर कार्यालय धाउन नपर्ने आशा थियो।
तर कम्पनीको नामको पछाडि (प्रा.लि./लि.) जस्तो सामान्य विवरण मिलाउनसमेत कर कार्यालय जानुपर्ने अवस्था देखिन्छ।
त्यसमा पनि पुरानो कम्पनीको biometric नभएको अवस्थामा पुनः biometric का लागि घरबहाल सम्झौता, कम्पनी दर्ताका सम्पूर्ण कागजात लगायत बोकेर कर कार्यालय पुग्नुपर्ने व्यवस्था!
कहिले सुध्रिने हो हामी ?

#कम्पनीदर्ता
#कम्पनीरजिस्ट्रारकोकार्यालय

सुचिकृत भएर मात्र कारोबार गर्ने सम्बन्धमा।नेपाल सरकारको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा जारी "अनिवार्य...
18/08/2026

सुचिकृत भएर मात्र कारोबार गर्ने सम्बन्धमा।

नेपाल सरकारको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा जारी "अनिवार्य सूचीकृत हुने सम्बन्धी जरुरी सूचना"।

ई-कमर्स वा डिजिटल माध्यमबाट व्यवसाय सञ्चालन गर्ने सम्पूर्ण व्यवसायीहरूले ऐन बमोजिम विभागमा सूचीकृत भएर मात्र कारोबार गर्नुहुन अनुरोध गरिन्छ।

करदाता प्रोत्साहन उपहार कार्यक्रम सम्बन्धी सार्वजनिक सूचनाबीजक लिई कार्यक्रममा सहभागी भई उपहार जितौं।
01/08/2026

करदाता प्रोत्साहन उपहार कार्यक्रम सम्बन्धी सार्वजनिक सूचना
बीजक लिई कार्यक्रममा सहभागी भई उपहार जितौं।

करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ को मुख्य सारांश१. उद्देश्य र दायरालक्ष्य: उपभोक्तालाई अनिवार्य...
21/07/2026

करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ को मुख्य सारांश

१. उद्देश्य र दायरा
लक्ष्य: उपभोक्तालाई अनिवार्य रूपमा बिजक (Invoice) लिन प्रोत्साहित गरी कर प्रणाली पारदर्शी बनाउनु।
योग्यता: नेपालभित्र प्रति कारोबार रू. १०० भन्दा बढी को स्वः-प्रयोजन खरिद।

२. उपहार र पुरस्कार रकम
दैनिक उपहार: जनही रू. १,३३,३३४।
पाक्षिक बम्पर उपहार: रू. १० लाख (१५ दिनमा १ जना)।
कर कट्टी: पुरस्कार रकममा २५% आकस्मिक लाभकर (TDS) कट्टी हुने।

३. कसरी सहभागी हुने?
विद्युतीय (Digital) भुक्तानी: स्वचालिक रूपमा प्रणालीमा दर्ता हुने।
नगद भुक्तानी: आन्तरिक राजस्व विभागको एप/वेब पोर्टलमा बिजक विवरण (PAN, रकम, बिजक नं. आदि) दर्ता गर्नुपर्ने।

४. उपहार दाबी प्रक्रिया
दाबी समय: नतिजा प्रकाशन भएको १५ दिनभित्र नजिकैको आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गर्नुपर्ने।
आवश्यक कागजात: सक्कल बिजक, PAN, बैंक खाता र परिचयपत्र (नागरिकता/पासपोर्ट आदि)।
अदाबी उपहार: १५ दिनभित्र दाबी नगरिएमा सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जानेछ।

अयोग्य खरिदहरू: व्यावसायिक खरिद, PAN नभएका पसलको बिजक, सरकारी निकायको बिजक, तथा टेलिफोन, बिजुली, इन्टरनेट, हवाई टिकट र सवारी/ढुवानीको बिजक यस कार्यक्रममा सहभागी हुन पाउने छैनन्।

अब निर्माण व्यवसायीको इजाजतपत्र (लाइसेन्स) नवीकरण घरमै बसेर अनलाइनबाट गर्न सकिने भएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त...
17/07/2026

अब निर्माण व्यवसायीको इजाजतपत्र (लाइसेन्स) नवीकरण घरमै बसेर अनलाइनबाट गर्न सकिने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको CIMS (Contractors Information Management System) प्रणालीमार्फत क, ख र ग वर्गका निर्माण व्यवसायीहरूले अब इजाजतपत्र नवीकरणका लागि कार्यालय धाइरहनु पर्दैन।

के गर्न सकिन्छ?
• कम्पनीको विवरण अद्यावधिक (Update)
• आवश्यक कागजात अपलोड
• नवीकरणका लागि आवेदन
• अनलाइन शुल्क भुक्तानी
• इजाजतपत्र प्रमाणपत्र डाउनलोड तथा प्रिन्ट

CIMS मा Login कसरी गर्ने?

वेबसाइट:
cims.mopit.gov.np

Username:
इजाजतपत्र नम्बरको अगाडि आवश्यक शून्य (0) थपेर पाँच अंक बनाउने र अन्त्यमा आफ्नो वर्ग (A/B/C) जोड्ने।

नवीकरण प्रक्रिया

1. CIMS Portal मा Login गर्नुहोस्।
2. Contractor Section मा गई कम्पनीको विवरण Update गरी Save गर्नुहोस्।
3. License Renewal Section मा आवश्यक विवरण भर्नुहोस्।
4. आवश्यक कागजात Upload गरी Submit गर्नुहोस्।
5. शाखाबाट आवेदन स्वीकृत भएपछि Dashboard मा Pay Now विकल्प देखिनेछ।
6. अनलाइन शुल्क भुक्तानी गरेपछि इजाजतपत्र डाउनलोड तथा प्रिन्ट गर्न सकिनेछ।

नोट:
Username र Default Password सम्बन्धी विवरण आधिकारिक CIMS प्रणालीमा उपलब्ध निर्देशनअनुसार प्रयोग गर्नुहोस्। पहिलो Login पछि Password परिवर्तन गर्नु उपयुक्त हुन्छ।




आन्तरिक राजस्व विभागले तोकेको विजकको ढाँचालागू मिति: २०८३.०४.०१विलासिता शुल्क, स्वास्थ्य समता शुल्क, शिक्षा समता शुल्क र...
16/07/2026

आन्तरिक राजस्व विभागले तोकेको विजकको ढाँचा
लागू मिति: २०८३.०४.०१
विलासिता शुल्क,
स्वास्थ्य समता शुल्क,
शिक्षा समता शुल्क र
सिप प्रवर्दन शुल्क विजकको (बिल) नमुना

# आ. रा. वि.
#विजककोनमुना२०८३

सहकारी अध्येदश मार्फत, सहकारी ऐन २०७४ लाई सन्सोधन गर्न बनेको ऐन, नेपाल राजपत्रमा प्रकाशन भएको छ ।
16/07/2026

सहकारी अध्येदश मार्फत, सहकारी ऐन २०७४ लाई सन्सोधन गर्न बनेको ऐन, नेपाल राजपत्रमा प्रकाशन भएको छ ।



Address

Kathmandu
14600

Opening Hours

Monday 10:00 - 19:00
Tuesday 10:00 - 19:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 19:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779860960442

Alerts

Be the first to know and let us send you an email when Advice Ally Consultants Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Advice Ally Consultants Pvt. Ltd.:

Shortcuts

Share