18/03/2024
कर प्रणाली सुधार गर्न आवश्यक सुझाव दिने अवसर न छुटाउनु होला। तपाईंले चाहेको सुधारको लागि सुझाव ईमेल गरी सुझाव पठाउनु होला।
Esprit De Corps Pvt Ltd a company registered in Nepal with the objective to help individuals, SME &
18/03/2024
कर प्रणाली सुधार गर्न आवश्यक सुझाव दिने अवसर न छुटाउनु होला। तपाईंले चाहेको सुधारको लागि सुझाव ईमेल गरी सुझाव पठाउनु होला।
नेपालमा लागु भएको नयाँ लेखा विधि: नेपाल वित्तीय प्रतिवेदन मान (Nepal Financial Reporting Standard, NFRS):
१) आ.व. २०८०/८१ बाट लेखा को नयाँ विधि, NFRS, अनुसार लेखांकन गर्नु पर्ने अनिवार्य भएको छ।
२) नेपालमा चार किसिमको वित्तीय प्रतिवेदन मान र लेखामान रहेका छन्:
क) NFRS (ठूलो संस्थाहरूको लागि)
ख) NFRS for SME ( साना तथा मझौला संस्थाहरुको लागि)
ग) NAS for ME (अति सानो संस्थाको लागि)
घ) NAS for NPO (गैर नाफा मुलक संस्थाको लागि)
यो चार किसिमको वित्तीय प्रतिवेदन/ लेखामान २०८०/०४/०१ गते देखि अनिवार्य रूपमा लागू भइसकेको छ।
३) पहिला को भन्दा लेखा विधिहरू फरक रहेको छ।
नयाँ लेखामान अनुसार वितिय प्रतिवेदन नराखे हुन सक्ने सम्भावित दिकतहरू
क) पुरानो विधि अनुसार UDIN generate गर्न मिल्दैन
वा लेखा परीक्षक लाई ICAN ले show cause notice issue गर्न सक्छ।
ख) कम्पनी रजष्ट्रार ले financial statements accept गर्दैन वा आवधिक गर्दैन
ग) कर कार्यालयले financial statements accept गर्दैन।
घ) बैंक तथा वित्तिय संस्थाहरुले financial statements accept गर्दैन।
अन्य कुनै कार्यालयमा financial statements submit गर्नु परे त्यस्ता कार्यालयहरुले accept गर्दैन।
समयमै आफ्ना financial statements नयाँ लेखामान अनुसार राख्नु होस।
03/06/2022
आर्थिक वर्ष २०७९/८० को बजेट 🙏 🙏
••••••••••••••••••••••••••••••••••••••••••••
☆कुल बजेट ⇨१७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको
☆चालु खर्च⇨ ७ खर्ब ५३ अर्ब ४० करोड,( ४२ प्रतिशत)
☆पुँजीगत खर्च ⇨३ खर्ब ८० अर्ब ३८ करोड (२१.२ प्रतिशत)
☆वित्तीय व्यवस्थातर्फ⇨ २ खर्ब ३० अर्ब २२ करोड(१२.८ प्रतिशत)
☆वित्तिय हस्तान्तरण तर्फ ४ खर्व २९ अर्व ८३ करोड (२४ प्रतिशत)
स्रोत जुटाउन :-
☆राजस्वबाट ⇨ १२ खर्ब ४० अर्ब ११ करोड
☆आन्तरिक ऋणबाट⇨ २ खर्ब ५६ अर्व
☆वैदेशिक अनुदानबाट ⇨५५ अर्ब ४६ करोड
☆त्यसपछि बाँकी स्रोत पूर्तिका लागि वैदेशिक ऋणबाट ⇨ २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ
यस बजेटका मुख्य विशेषताहरु :-
★★★★★★★★★★★★★★
☆आगामी आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको
यस आवमा मुद्रास्फीती भने ७ प्रतिशतमा सीमित राख्ने
☆सरकारले भूमिहीन दलितलाई आगामी तीन वर्षभित्र आवास उपलब्ध गराउने लक्ष्य अघि सारेको छ ।
☆कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यवस्था गरिने छ!
☆वार्षिक ८ लाख नेपालीलाई गरिबिको रेखाबाट माथि ल्याउने । यसैगरी, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार गरेर मानव विकास सूचांक ०.६५ अंक पुर्याउने !
☆आगामी वर्ष धान, मकै, गहुँ र फलफूलको आयात ३० प्रतिशतले घटाउने र समग्र आयात २० प्रतिशतले घटाउने । यस्तै, आगामी ५ वर्ष भित्रमा नेपालको वैदेशिक व्यापार घाटालाई सन्तुलनमा ल्याउने !
☆वित्त आयोगको सिफारिसमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ६१ अर्ब ४३ करोड र स्थानीय तहलाई १ खर्ब २३ करोड वित्तीय हस्तान्तरण हुने भएको छ । यस्तै, सशर्त अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब १७ करोड र स्थानीय तहलाई १ खर्ब ८३ अब रुपैयाँ विनियोजन हुने भएको छ ।
☆यसका साथै, पूर्वाधार सम्बन्धी आयोजना पुरा गर्न समपूरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब ३० करोड र स्थानीय तहलाई ७ अर्ब २७ करोड विनियोजन भएको छ । यस्तै, विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ५६ करोड र स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन हुने भएको छ ।
☆यस्तै, राजश्व बाँडफाँडतर्फ प्रदेशलाई १ खर्ब ६१ अर्ब रुपैयाँ रकम हस्तान्तरण हुने भएको हुनेछ ।
☆सरकारले किसान पेन्सन योजनाको घोषणा गरेको छ । किसानसँग सरकार कार्यक्रम अन्तर्गत सो घोषणा बजेटमार्फत गरिएको छ ।
☆सरकारले कृषि तथा पशु विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट बिनियोजन गरेको छ।
☆किसानको आत्मसम्मान र गौरव वृद्धि गर्न किसानसँग सरकार कार्यक्रम अन्तर्गत योगदानमा आधारित किसान पेन्सन योजना सुरुवात गर्न किसान हित कोषको सुरुवात गरिने छ!
☆मासिक १० करोडभन्दा धेरै विद्युत खपत गर्ने उद्योगलाई महशुलमा छुट!
☆उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गरिने!
☆सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ
☆सरकारले आर्थिक वर्ष २०७९ लाई कृषि जैविक विविधता वर्षका रूपमा मनाउने घोषणा गरेको छ ।
☆विदेशी लगानीको सीमा २ करोड कायम गरिने!
☆सरकारले सुदूरपश्चिमको कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने भएको छ ।
☆स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि सरकारी र सार्वजनिक क्षेत्रमा स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लागु गरिने ।
☆उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड बजेट !
☆आउँदो आर्थिक वर्षदेखि आधिकारिक व्यक्ति वा संस्थाबाट मात्रै घरजग्गाको कारोबार गर्न पाइने!
☆भृकुटीमण्डपको खुला बजार क्षेत्रमा हस्तकला प्रदर्शन र अन्तराष्ट्रिय व्यापार मेलाको व्यवस्था मिलाइने !
☆पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरिएको छ!
☆विदेशी लगानीको प्रारम्भिक स्वीकृित ७ दिनभित्र र पूर्व स्वीकृती ६ महिनाभित्र दिने व्यवस्था !
☆दुई घण्टामा सगरमाथा अवलोकन गर्नेगरी पूर्वाधार निर्माण गरिने !
राष्ट्रपति चुरे संरक्षण कार्यकमका लागि २ अर्ब १७ करोड विनियोजन गरिएको!
☆स्थानीय पालिकासँगको सहकार्यमा काठमाडौंमा नेवाः संग्रहालय स्थापना गरिने !
☆डडेलधुरा, बलेवा, दाङ र टीकापुर विमानस्थल स्तरोन्नति गरिने!
☆गरिबलाई खाद्य सुरक्षा परिचयपत्र, सुपथ मूल्यमा खाद्यान्न दिइने!
☆सहकारीलाई कम्तीमा ५० प्रतिशत लगानी उत्पादनमूलक क्षेत्रमा गर्नुपर्ने व्यवस्था!
☆सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गरिने!
☆शिक्षक अस्पताल निर्माण कार्य अगाडि बढाइने !
☆आगामी वर्षदेखि मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिने भएको छ ।
☆सरकारले ४० वर्षमाथिका नागरिकलाई नसर्ने रोगको निःशुल्क स्क्रिनिङ सेवा सञ्चालन गर्ने भएको छ ।
☆सरकारले 'एक चिकित्सक एक अस्पताल' कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
☆विद्यालय व्यवस्थापन तथा शैक्षिक सुधारका लागि प्रधानाध्यापकले पाँच लाख रुपैयाँ खर्च गर्न पाउने
☆अब ६८ वर्षमा नै वृद्ध भत्ता उपलब्ध गराइने भएको छ ।
☆सरकारले दिवा खाजा कार्यक्रम कक्षा ६ सम्म व्यवस्था गर्ने भएको छ ।
☆यांग्री र लार्के खोलाको पानी काठमाडाैंमा ल्याउन थप अध्ययन अघि बढाइने !
☆गौतमबुद्ध रंगशाला निर्माणमा सहयोग गर्ने सरकारकाे घाेषणा!
☆सरकारले सबै घरधुरीलाई विद्युतीय चुलो वितरण गर्ने भएको छ ।
☆सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन सिलिगुडीदेखि झापाको चारआली र अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने भएको छ ।
☆सरकारले महिलाहरुको क्षमता विकास र सशक्तीकरणका लागि हरेक वडामा महिला सभा आयोजना गर्ने भएको छ ।
☆सरकारले आगामी आर्थिक वर्षमा ८०० किलोमिटर सडक सञ्जाल विस्तार गर्ने भएको छ ।
☆सरकारले बजेट भाषणमार्फत काठमाडौंदेखि चितवन एक घण्टामै पुग्न सकिने गरी सडकमार्ग बनाउने घोषणा गरेको छ।
☆सरकारले काठमाडौंस्थित मुलपानि क्रिकेट मैदानको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने भएको छ ।
☆सरकारले स्नातक र स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीलाई न्यूनतम ९० दिन स्थानीय तहमा स्वयम् सेवकको रुपमा काम गर्नुपर्ने घोषणा गरेको छ ।
☆धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने घोषणा!
☆सरकारले पूर्वाधार विकासका लागि आवश्यक लगानी जुटाउन हरित ऋणपत्र जारी गर्ने भएको छ ।
☆सरकारले आगामी आर्थिक वर्षमा हुम्ला जिल्लाको सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरेको छ ।
☆सरकारले एसियाली र ओलम्पिक खेलकुदमा पदक जित्ने खेलाडीलाई आजीवन मासिक जीवन वृद्धिको व्यवस्था गर्ने भएको छ ।
☆सरकारले आगामी आर्थिक वर्ष पनि 'एक स्थानीय तह एक खेल मैदान' कार्यक्रमलाई निरन्तरता दिएको बताएको छ।
☆सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पाल्पाको शिद्धबाबामा यसै वर्षदेखि सुरूङमार्ग निर्माण कार्य शुरु हुने भएको छ ।
☆'एलपी ग्यास छोडौं विद्युतीय चुल्हो रोजौँ' अभियान चलाइने!
☆सरकारले सहरी क्षेत्रमा जेष्ठ नागरिकका लागि पार्क बनाउने घोषणा गरेको छ ।
☆सरकारले शैक्षिक सत्र सुरु हुनुअघि नै सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँच गर्ने भएको छ ।
☆ग्वार्काे, सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’, कोटेश्वर र नयाँबानेश्वरमा ‘अन्डरपास’ निर्माण गरिने!
☆सरकारले आवेदन भरेको एक महिनामै सवारी लाइसेन्सको परीक्षा लिने भएको छ । साथै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रदेश यातायात कार्यालयबाटै उपलब्ध गराउने व्यवस्था गरिने!
☆सरकारले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फल्ड लाइट जडान गर्न बजेट विनियोजन गरेको छ ।
☆सरकारले बजेटमार्फत महिला सशक्तिकरणका लागि ‘महिला पहिला’ कार्यक्रम अगाडि बढाउने भएको छ।
☆सरकारले विद्युतीय सवारीको प्रयोग बढाउन ५० स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि बजेट विनियोजन गरेको छ।
☆साना तथा घरेलु जलविद्युत् आयोजना बनाउन प्रदेश र स्थानीय तहलाई संघ सरकारले २५ प्रतिशतसम्म ऋण दिने भएको छ ।
☆रुपन्देहीको सैनामैना, नवलपरासी पूर्वको देवचुली, कैलालीको लम्की, कर्णाली करिडोरको राकम र धादिङको बेल्खुका ट्रमा सेन्टर स्थापना गरिने ।
☆सरकारले मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस गराएका, निको भएका क्यान्सरका बिरामी र मेरूदण्ड पक्षघात भएका बिरामीहरूलाई महिनामा पाँच हजार रूपैयाँ उपलब्ध गराउने भएको छ।
☆इन्टरनेट सेवालाई सर्वसुलभ बनाउन इन्टरनेट शुल्क घटाईने!
☆दाेलखामा फिल्म सिटी निर्माण कार्य अगाडि बढाइने! यसैगरी काभ्रेको बनेपामा सुविधा सम्पन्न इन्डोर सुटिङ स्टुडियो बनाउने घोषणा
नेपाल विद्युत प्राधिकरणको सेयर जारी गरिने भएको छ।
☆आगामी आर्थिक वर्षसम्म ७ सय १५ मेगावाटको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ।
☆लुम्बिनी र सप्तरीमा ‘सुपर स्पेस्यालिटी’ सेवासहितका अस्पताल बनाइने !
☆सरकारले अबको दुई वर्षभित्र देशभरका सबै घरमा विद्युत् पुर्याउने घोषणा गरेको छ ।
☆दुई वर्षभित्र सबै स्थानीय तहको प्रशासानिक भवनको निर्माण गरिने !
☆जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टर बनाइने!
☆पाल्पा र उदयपुरमा मौसमी राडार स्थापना गरिने
☆सरकारले २० युनिटसम्म विद्युत् खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ ।
☆सिन्धुलीको मरिणलाई नयाँ शहरको रुपमा विकास गर्ने घोषणा!
☆सरकारले आगामी तीन वर्षभित्र देशभरका स्थानीय तहका केन्द्रमा पुग्ने सडक निर्माण गर्ने घोषणा गरेको छ ।सरकारले धरहराको बाँकी काम आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।
☆गैरआवासीय नेपालीले शेयरको दोस्रो बजारमा लगानी गर्न पाउने, वैदेशिक रोजगारीमा गएकालाई १० प्रतिशत कोटा!
☆सरकारले बन्द भएको सार्वजनिक र सरकारी उद्योगलाई पुन सञ्चालनमा ल्याउने भएको छ । आगामी वर्षदेखि जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, हेटौंडा कपडा उद्योग लगायत अन्य बन्द स्थितीमा रहेका उद्योगलाई सञ्चालनमा ल्याउने भएको हो ।
☆सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने घोषणा गरेको छ ।
राष्ट्रसेवक कर्मचारीको तलव १५ प्रतिशतले बढ्यो, महङ्गी भत्ता यथावत
☆सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौंडा कपडा उद्योगको कपडा लगाउनुपर्ने!
☆कर्मचारीको नयाँ दरवन्दी सिर्जना नहुने साथै १० % दरवन्दी कटौती हुने!
☆सरकारले आगामी दुई वर्षभित्र सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र दिने भएको छ ।
☆कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लामा खुल्ने उद्योगलाई १५ वर्षसम्म आयकर छुट
☆कृषि औजार कारखानालाई ५ वर्षसम्म आयकर छुट
☆सरकारले नेपालमै सवारीसाधनको एसेम्बल गर्ने उद्योग स्थापना गरे ४० प्रतिशतसम्म आयकर छुट दिने घोषणा गरेको छ ।
☆आयकर छुटको सीमा बढाइयो!
प्राकृतिक व्यक्तिका लागि आयकर छुटको सीमा वार्षिक ५ लाख र दम्पतीको हकमा ६ लाख रुपैयाँ कायम गरिएको छ।
01/05/2022
FIRM & COMPANY REGISTRATION
✅ Part Time/Full Time Accountant
✅ Tax & VAT Return Filing
✅ उद्योग दर्ता
✅ NGO/INGO/NPO दर्ता
✅ Loan Documentation/ Loan Proposal/
Projected Financials
Assistance in Internal and External Audit.
11/04/2022
दोश्रो किस्ता बुझाउने बारे ।
03/04/2022
Notice regarding from NRB
अंग्रेजी नयाँ वर्ष २०२२ को सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10/11/2021
२०७८ छठ पर्वको अवसरमा समस्त सबैमा हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दैछौं ।
04/11/2021
शुभ दिपावली २०७८ को हाम्रो तर्फबाट तपाईहरु सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
| 09:00 - 19:00 |