02/06/2026
राम्रै निर्णय गर्नुभएछ ! 😄
B***n
HelloSarkar
Nepal Bar Association
समसामयिक बिषयमा सुचना तथा जानकारीका लागि जोडिन सक्नुहुनेछ ।
02/06/2026
राम्रै निर्णय गर्नुभएछ ! 😄
B***n
HelloSarkar
Nepal Bar Association
02/06/2026
यात्रुले आफ्नो साथमा ल्याउने र लैजाने वस्तु सम्बन्धी सूचना
http://rajpatra.dop.gov.np/welcome/download?ref=26360
31/05/2026
माननिय ज्यु संसद भवनबाटै श्रीमतिज्युसङ्ग लाइभ!
31/05/2026
“नेपालको राजनीतिक संस्कृतिमा सत्ता पक्षले प्रतिपक्षलाई पेलेरै किनारामा पुर्याउने र प्रतिपक्षले अवसर पाउनासाथ त्यसैको प्रतिकार गर्ने प्रवृत्ति अझै कायमै देखिन्छ। आज प्रतिनिधिसभा नियमावली, २०८३ पारित गर्ने क्रममा पनि त्यही शैली दोहोरिएको अनुभूति भयो। सुधार र परिपक्व संसदीय अभ्यासको अपेक्षा गरिए पनि अवस्था उही पुरानै ढर्रामा सीमित रहेको देखिन्छ।”
जतिनै प्रोग्रेशिभ बजेट लिएर आएतापनि सधै खोटैखोट देख्ने रतन्धो लागेको हो समग्र प्रतिपक्षलाइ । बालेन सरकारको स्वर्णिम बजेटले फेरि पनि आशा र विश्वास दिलाएको छ । बालेन स्टाइलमा कार्यान्वयन हुने कुरा मा म चाहि ढुक्क छु है! बिरोध मात्र गरेर कहि पुगिदैन है ।
30/05/2026
नेपाल सरकारका प्रधानमन्त्रीले भ्रष्टाचार तथा गैरकानुनी गतिविधिविरुद्ध सूचना दिने व्यक्तिलाई प्रोत्साहनस्वरूप पुरस्कार दिने नयाँ व्यवस्था घोषणा गरेका छन्।
सार्वजनिक गरिएको व्यवस्थाअनुसार गोप्य सूचना उपलब्ध गराउने व्यक्तिलाई १५ प्रतिशतसम्म पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी सामान बरामद गर्न सहयोग पुर्याउनेलाई २० प्रतिशत तथा अभियुक्त पक्राउ गर्न सहयोग गर्ने व्यक्तिलाई ३० प्रतिशतसम्म पुरस्कार दिने व्यवस्था गरिएको छ।
सरकारले सूचना दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य राखिने जनाएको छ। साथै, सूचना तथा सहयोग उपलब्ध गराउने व्यक्तिलाई सम्मानस्वरूप नगद १० हजार रुपैयाँसमेत प्रदान गरिने उल्लेख गरिएको छ।
सरकारका अनुसार उक्त व्यवस्था भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले ल्याइएको हो।
Major Income Tax Changes – Key Highlights
✅ Tax Slab Revised
(Couple concept removed)
• Up to 10 Lakhs – 1% (except SSF contributors)
• 10–15 Lakhs – 10%
• 15–25 Lakhs – 20%
• 25–40 Lakhs – 27%
• Above 40 Lakhs – 29%
✅ Donation deduction to exempt entities increased up to NPR 3 Lakhs.
✅ Cash expense payment limit reduced to NPR 25,000.
✅ No transfer pricing documentation required for taxpayers adopting Safe Harbour Rule.
✅ Section 57 relief:
Change in control due to death or change in holding entity will not attract Section 57.
✅ Banks & Financial Institutions also affected due to removal of Section 47(ka).
✅ Department may mandate specific billing systems beyond CBS integration.
✅ No TDS on retirement fund payments.
(Clarification on contributory & non-contributory funds resolved.)
📈 Capital Gain Tax (CGT) Updates
🔹 Shares:
• Holding > 365 days → 7.5%
• Holding < 365 days → 10%
(Final Tax)
🔹 Land & Building:
• Holding > 5 years → 7.5%
• Holding < 5 years → 10%
• Government compulsory acquisition → 2.5%
🚕 Ride-sharing business:
• VAT – 5%
• TDS – 1%
🧾 Full audit assessment period reduced to 3 years only.
29/05/2026
कर्मचारिको हालसम्मको तलब स्केल
बजेट भाषणमा धेरै प्राविधिक आर्थिक शब्दहरू प्रयोग हुने गर्छन्। ती शब्दहरूलाई सजिलोसँग बुझ्नका लागि ५० वटा मुख्य शब्द र तिनको सरल अर्थ यहाँ प्रस्तुत गरिएको छ:
✅ बजेटको आकार र स्रोतसँग सम्बन्धि
१. बजेट (Budget): सरकारको आगामी एक वर्षको आम्दानी र खर्चको वार्षिक अनुमानित विवरण।
२. राजस्व (Revenue): कर, शुल्क वा अन्य माध्यमबाट सरकारले सङ्कलन गर्ने कुल आम्दानी।
३. चालु खर्च (Recurrent Expenditure): सरकार सञ्चालन गर्न लाग्ने प्रशासनिक खर्च (जस्तै: तलब, भत्ता, पेन्सन, कार्यालय सञ्चालन)।
४. पुँजीगत खर्च (Capital Expenditure): विकास निर्माण, पूर्वाधार र स्थायी सम्पत्ति सिर्जनामा हुने खर्च (विकास खर्च)।
५. वित्तीय व्यवस्था (Financial Management): ऋणको सावाँ-ब्याज भुक्तानी गर्न वा सरकारी संस्थानहरूमा सेयर/लगानी गर्न छुट्याइएको रकम।
६. वैदेशिक अनुदान (Foreign Grant): दातृ निकाय वा विदेशी सरकारबाट फिर्ता गर्नु नपर्ने गरी प्राप्त हुने आर्थिक सहयोग।
७. वैदेशिक ऋण (Foreign Loan): निश्चित ब्याजदरमा पछि फिर्ता गर्ने सर्तमा विदेशी संस्था वा देशबाट लिइने ऋण।
८. आन्तरिक ऋण (Internal Loan): सरकारले देशभित्रकै बैंक, वित्तीय संस्था वा नागरिकबाट ट्रेजरी बिल वा ऋणपत्रमार्फत उठाउने ऋण।
९. बजेट घाटा (Fiscal Deficit): सरकारको आम्दानी (राजस्व) भन्दा खर्चको अनुमान बढी हुनु।
१०. पूरक बजेट (Supplementary Budget): मुख्य बजेटको रकम अपुग भएमा वा आकस्मिक खर्च आएमा संसद्मा पेश गरिने थप बजेट।
✅ कर र आर्थिक नीतिका शब्दहरू
११. प्रत्यक्ष कर (Direct Tax): व्यक्ति वा संस्थाको आम्दानी वा नाफामा सिधै लाग्ने कर (जस्तै: आयकर, सम्पत्ति कर)।
१२. अप्रत्यक्ष कर (Indirect Tax): वस्तु वा सेवाको उपभोगमा लाग्ने कर, जसको भार उपभोक्तामा पर्छ (जस्तै: भ्याट, भन्सार)।
१३. मूल्य अभिवृद्धि कर - भ्याट (VAT): वस्तु वा सेवाको प्रत्येक उत्पादन र वितरणको तहमा थपिने मूल्यमा लाग्ने कर (हाल नेपालमा १३%)।
१४. अन्तःशुल्क (Excise Duty): देश भित्र उत्पादन हुने वा आयात हुने विलासिता, स्वास्थ्यलाई हानिकारक वा विशेष वस्तुमा लाग्ने कर (जस्तै: मदिरा, सुर्ती)।
१५. भन्सार महसुल (Customs Duty): विदेशबाट सामान आयात गर्दा वा निर्यात गर्दा सीमा नाकामा लाग्ने कर।
१६. करको दायरा (Tax Base): कर प्रणालीभित्र समेटिएका कुल करदाता, व्यवसाय वा आर्थिक गतिविधिहरू।
१७. वित्तीय नीति (Fiscal Policy): देशको आर्थिक स्थायित्व र वृद्धिका लागि सरकारले बजेटमार्फत लिने कर र खर्च सम्बन्धी नीति।
१८. मौद्रिक नीति (Monetary Policy): बजारमा पैसाको आपूर्ति र ब्याजदर नियन्त्रण गर्न केन्द्रीय बैंक (राष्ट्र बैंक) ले जारी गर्ने नीति।
१९. कर छुट (Tax Rebate/Exemption): निश्चित क्षेत्र वा उद्योगलाई प्रोत्साहन गर्न कर तिर्नु नपर्ने वा कम तिरे हुने गरी दिइएको सुविधा।
२०. राजस्व चुहावट (Revenue Leakage): गैरकानुनी रूपमा कर वा भन्सार छलेर राज्यको आम्दानी गुम्नु।
✅ समष्टिगत अर्थतन्त्र (Macroeconomics) का शब्दहरू
२१. कुल गार्हस्थ्य उत्पादन - जीडीपी (GDP): एक वर्षभित्र देशको भौगोलिक सीमाभित्र उत्पादन भएका कुल वस्तु र सेवाको अन्तिम बजार मूल्य।
२२. आर्थिक वृद्धिदर (Economic Growth Rate): गत वर्षको तुलनामा यस वर्ष जीडीपी (कुल उत्पादन) मा भएको प्रतिशत वृद्धि।
२३. मुद्रास्फीति (Inflation): बजारमा वस्तु र सेवाको मूल्य लगातार बढ्नु र पैसाको क्रयशक्ति घट्नु (महँगी)।
२४. प्रतिव्यक्ति आय (Per Capita Income): देशको कुल आम्दानीलाई कुल जनसङ्ख्याले भाग गर्दा आउने औषत वार्षिक आय।
२५. अनौपचारिक अर्थतन्त्र (Informal Economy): सरकारको कर र नियमन प्रणालीमा दर्ता नभएका आर्थिक गतिविधिहरू (कालोबजार वा लुकेको अर्थतन्त्र)।
२६. भुक्तानी सन्तुलन (Balance of Payments): एक वर्षमा देश भित्र भित्रिएको र देशबाट बाहिरिएको कुल विदेशी मुद्राको हिसाब-किताब।
२७. व्यापार घाटा (Trade Deficit): देशले गर्ने निर्यातको तुलनामा आयात (सामान भित्रिने क्रम) धेरै हुनु।
२८. विप्रेषण (Remittance): वैदेशिक रोजगारीमा गएका नागरिकले बैंकिङ माध्यमबाट स्वदेश पठाएको पैसा (रेमिट्यान्स)।
२९. विदेशी मुद्रा सञ्चिति (Foreign Exchange Reserves): अन्तर्राष्ट्रिय व्यापारका लागि केन्द्रीय बैंकसँग सुरक्षित राखिएको विदेशी मुद्रा (डलर आदि) को भण्डार।
३०. तरलता (Liquidity): बैंक तथा वित्तीय संस्थाहरूसँग लगानी गर्न वा माग गर्दा तुरुन्तै दिन सक्ने नगद रकमको उपलब्धता।
✅ योजना, विनियोजन र अनुदान सम्बन्धी शब्दहरू
३१. बजेट सिलिङ (Budget Ceiling): मन्त्रालय वा निकायहरूलाई बजेट बनाउनका लागि तोकिने खर्चको अधिकतम सीमा।
३२. राष्ट्रिय गौरवका आयोजना (National Pride Projects): देशको रूपान्तरणका लागि सरकारले उच्च प्राथमिकतामा राखेका ठूला पूर्वाधार (जस्तै: फास्ट ट्र्याक, ठूला जलविद्युत)।
३३. वित्तीय समानीकरण अनुदान (Fiscal Equalization Grant): स्थानीय र प्रदेश सरकारको खर्चको आवश्यकता र राजस्व क्षमताका आधारमा केन्द्रले दिने सर्तविहीन अनुदान।
३४. ससर्त अनुदान (Conditional Grant): केन्द्र सरकारले निश्चित योजना वा आयोजना तोकेर सोही काममा मात्र खर्च गर्ने गरी तल्लो सरकारलाई दिने अनुदान।
३५. समपूरक अनुदान (Complementary Grant): स्थानीय वा प्रदेशले सञ्चालन गर्ने योजनामा केन्द्रले साझेदारी स्वरूप बेहोर्ने बराबर वा निश्चित प्रतिशत रकम।
३६. विशेष अनुदान (Special Grant): विशिष्ट प्रकृतिको अवस्था, विपद् वा कुनै विशेष क्षेत्रको विकासका लागि केन्द्रले दिने निश्चित अनुदान।
३७. पुँजी निर्माण (Capital Formation): भविष्यमा थप उत्पादन गर्न मद्दत पुग्ने गरी मेसिन, सडक, कारखाना जस्ता भौतिक पूर्वाधारमा गरिने लगानी।
३८. विनियोजन विधेयक (Appropriation Bill): बजेटमा प्रस्तावित खर्च गर्नका लागि संसद्बाट कानुनी स्वीकृति लिन पेश गरिने विधेयक।
३९. आर्थिक विधेयक (Finance Bill): बजेटमार्फत करका दरहरू लगाउन, उठाउन वा परिवर्तन गर्न संसद्मा पेश गरिने कानुनी विधेयक।
४०. रकमान्तर (Virement/Transfer of Fund): बजेटमा एउटा शीर्षकमा छुट्याइएको रकम खर्च नभएर अर्को शीर्षकमा सार्ने प्रक्रिया।
✅ आधुनिक आर्थिक अवधारणा र अन्य शब्दहरू
४१. नवप्रवर्तन (Innovation): नयाँ प्रविधि, सोच वा सिर्जनशीलताको प्रयोग गरी व्यवसाय वा उत्पादनमा गरिने सुधार।
४२. स्टार्टअप (Startup): नयाँ र नवीन सोच (Idea) मा आधारित भएर भर्खरै सुरु गरिएको र तीव्र विकासको सम्भावना बोकेको व्यवसाय।
४३. सार्वजनिक-निजी साझेदारी - पिपिपि (PPP): ठूला पूर्वाधार निर्माणमा सरकार र निजी क्षेत्रले लगानी र जोखिम बाँडेर सँगै काम गर्ने मोडेल।
४४. पुँजी बजार (Capital Market): सेयर, डिबेन्चर जस्ता दीर्घकालीन वित्तीय औजारहरूको खरिदबिक्री हुने बजार (जस्तै: नेप्से)।
४५. आर्थिक अनुशासन (Fiscal Discipline): बजेटको सीमाभित्र रहेर नियमसङ्गत खर्च गर्ने र फजुल खर्च नगर्ने सरकारी प्रतिबद्धता।
४६. सञ्चित कोष (Consolidated Fund): राज्यको सम्पूर्ण आम्दानी जम्मा हुने र कानुन बमोजिम मात्र खर्च गर्न पाइने सरकारी मूल ढुकुटी।
४७. दिगो विकास लक्ष्य - एसडीजी (SDG): संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्मका लागि तोकेका गरिबी निवारण, शिक्षा, वातावरण जस्ता १७ वटा विश्वव्यापी विकासका लक्ष्य।
४८. क्रयशक्ति (Purchasing Power): निश्चित रकमले बजारबाट कति वस्तु वा सेवा किन्न सकिन्छ भन्ने नागरिकको आर्थिक क्षमता।
४९. सहुलियतपूर्ण कर्जा (Subsidized Loan): सरकारले ब्याजको केही हिस्सा बेहोरिदिने गरी तोकिएका क्षेत्र (जस्तै: कृषि, युवा स्वरोजगार) लाई दिइने कम ब्याजको ऋण।
५०. फजुल खर्च (Wasteful Expenditure): उत्पादकत्व नबढ्ने र प्रतिफल नदिने प्रकृतिका अनावश्यक सरकारी प्रशासनिक वा विलासिताका खर्चहरू।
28/05/2026
सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२' को प्रतिवेदन सार्वजनिक..!
प्रतिवेदनमा विगतको कमजोर नियमन, जथाभाबी दर्ता तथा कार्यक्षेत्र विस्तार प्रक्रिया, सहकारी सञ्चालक र व्यवस्थापकहरूको राजनीतिक आबद्धता तथा प्रत्यक्ष–अप्रत्यक्ष राजनीतिक हस्तक्षेपले वर्तमान सङ्कट निम्त्याएको निष्कर्ष निकालिएको छ।