29/08/2026
रसुवा भोटेकोसी नदीमा आएको बाढीको कारणबाट राष्ट्रमा ठुलो जन धनको क्षति हुन पुगेको छ । उक्त घटनामा धेरैले आफन्त गुमाउनु भएको लगायत अतुलनीय क्षति बेहोर्नु परेको छ । घटनामा ज्यान गुमाउनु भएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दैछौं, साथै सम्पर्क बिहिन हुनुभएकाहरुको सकुशल उद्धारका लागि सरकार समक्ष हार्दिक अनुरोध गर्दछौं । घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना र पीडितहरुको उचित व्यवस्थापनमा सरकारले कुनै कसर बाँकी नराख्न हाम्रो आग्रह रहेको छ।
यस दु:खद घडीमा नेपाल सरकारसंग हाम्रो संस्थाले सानो सहयोग स्वरुप रु पाँच हजार नेपाल सरकारको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम दाखिला गर्ने निर्णय गरे बमोजिम उक्त रकम कोषमा जम्मा गरेको छ ।
अन्त्यमा, राष्ट्रिय बिपत्तिमा सानो सहयोग गर्न पाएकोमा गौरवान्वित महशुस भएको छ र उक्त अवसर प्रदान गरेकोमा नेपाल सरकारलाइ धन्यवाद व्यक्त गर्दछौं ।
कपिलवस्तु बिजनेस कन्सल्टेन्ट्स प्रा.लि., कपिलवस्तु