28/05/2025
अब, कर विवरण सही रूपमा बुझाएपछि, सोही दिनको मध्यरात (१२:०० बजे) पछि दर्ता निलम्बन स्वचालित रूपमा हट्नेछ।
✅ कर बुझाउनुहोस्
✅ विवरणहरू अद्यावधिक गर्नुहोस्
✅ अनि पर्खनुहोस् — प्रणालीले स्वचालित रूपमा निलम्बन हटाउँछ!
07/12/2024
📢 नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको सूचना
लेखापरीक्षण गर्न पाउने हद रकम परिमार्जन!
परिषदको ३३० औं बैठक (मिति: २०८१/०३/२९) को निर्णय अनुसार, पेशागत प्रमाणपत्र प्राप्त सदस्यहरूको लागि लेखापरीक्षण गर्न पाउने हद रकम नेपाल राष्ट्र बैंकको थोक मूल्य सूची (Wholesale Price Index) को आधारमा संशोधन गरी २०८१ श्रावण १ गतेदेखि लागु हुने व्यवस्था गरिएको छ।
नयाँ हद रकम यसप्रकार छन्:
• ख वर्ग: रु. १ अर्ब ५२ करोड
• ग वर्ग: रु. ३८ करोड
• घ वर्ग: रु. १३ करोड
स्पष्टीकरण:
• “रकम” भन्नाले वासलातमा उल्लेखित जायजेथा वा दायित्व बुझिन्छ।
• वासलात तयार नगर्ने संस्थाको हकमा, यो नाफा-नोक्सान वा आम्दानी-खर्चको कुल रकमलाई जनाउँछ।
थप जानकारीका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको आधिकारिक सम्पर्क माध्यम प्रयोग गर्नुहोस्।
30/09/2024
व्यवसाय दर्ता/नविकरणको छुट सम्बन्धी सूचना
09/08/2024
एच एस कोड सहित को कर बिजक प्रयोग गर्दा, बारम्बार सोधिने प्रश्नहरुमा, आन्तरिक राजस्व बिभागको जवाफ :
07/08/2024
अन्तशुल्क ईजाजतपत्र तोकिए बमोजिमको दस्तुर दाखिला गरी श्रावण महिना भित्र नवीकरण गराउनुपर्छ । श्रावण महिना भित्र नवीकरण नगराएमा सो समाप्त भएको पहिलो ३ महिना (भाद्र देखि कार्तिक मसान्त) भित्र नवीकरण गराउनेले नवीकरण दस्तुरको २५ प्रतिशत, त्यसपछिको ३ महिना (मंसिर देखि माघ मसान्त) भित्र नवीकरण गराउनेले नवीकरण दस्तुरको ५० प्रतिशत, त्यसपछिको ३ महिना (फागुन देखि वैशाख मसान्त) भित्र नवीकरण गराउनेले नवीकरण दस्तुरको ७५ प्रतिशत त्यसपछि नवीकरण गराउनेले नवीकरण दस्तुरको १०० प्रतिशत रकम जरिवाना दाखिला गर्नुपर्नेछ ।
26/07/2024
Lets get started for closing Year 2080-081
And opening plan for year 2081-082