Tax Education

Tax Education

Share

Educating you on tax in nepal, We will provide information related to Tax, VAT, Updates & practice

07/04/2026
02/04/2026

आवस्यक छ भने कोषबाट प्रदान हुने विभिन्न सापटि सुविधाहरू लिन सक्नु हुनेछ।

हाल विशेष सापटीको ब्याज ५.२% र धितोमा आधारित सापटीको ५.८५% मात्रै छ।

तर सस्तो हुँदैमा अनावस्यक सापटी सुविधा प्रयोग नगर्नु होला। अझ विशेष सापटि त मोवाइलबाटै लिन र तिर्न मिल्छ, सजिलो रैछ भन्दैमा खाता नरित्याउनु होला। वितिय रूपमा भने आफै सचेत हुनुहोस है।🙏🙏

02/04/2026

१२ महिना योगदान गर्ने सबै योगदानकर्ताले अवकाश कोषमा जम्मा भएको रकमको ८०% सम्म विशेष सापटी पाइन्छ है !

02/04/2026

१८ महिना कोषमा योगदान गर्नु भएमा घर किन्न वा घर बनाउन रु७५ लाखसम्म योगदानकर्ता घर सापटी पाइन्छ है !
यो सुविधा वैदेशिक रोजगारीमा रहनु भएका योगदानकर्तालाई पनि उपलब्ध छ ।

22/02/2026

व्यवसायिक सामाजिक जिम्मेवारी (Corporate Social Responsibility- CSR) सम्बन्धी कानूनी व्यवस्था:
१) ठूला, मझौला र वार्षिक १५ करोड भन्दा बढी कारोबार गर्ने घरेलु तथा साना उद्योगमा CSR सम्बन्धी व्यवस्था लागू हुन्छ। यो औद्योगिक व्यवसाय ऐन, २०७६ को कानूनी र अनिवार्य व्यवस्था हो।
२) CSR वहन गर्न लागि खुद नाफाको कम्तीमा १ प्रतिशत रकम छुट्टयाउनु पर्दछ र सो रकम तोकेको क्षेत्रमा (बुँदा १०) मात्र खर्च गर्न पाइन्छ।
३) प्रत्येक आर्थिक वर्षमा सम्पन्न गरेको कार्यक्रम र त्यसमा लागेको खर्चको विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र उद्योग दर्ता गर्ने निकायमा पेश गर्नु पर्दछ।
४) CSR को लागि छुट्टयाइएको रकम आयकर प्रयोजनको लागि खर्च कट्टी गर्न पाइन्छ।
५) CSR वहन नगरेमा वार्षिक खुद नाफाको १.५% जरिवाना लाग्दछ र सो जिम्मेवारी १ आर्थिक वर्ष भन्दा बढी अवधिमा बहन नगरेमा ०.५% थप जरिवाना लाग्दछ।
६) तोकेको क्षेत्रमा (बुँदा १०) खर्च गर्ने CSR रकमको वार्षिक योजना तथा कार्यक्रम बनाई उद्योग दर्ता गर्ने निकायमा पेश गर्नु पर्दछ।
७) CSR अन्तर्गत छुट्टयाइएको वार्षिक रकमको कम्तीमा ५०% उद्योग प्रभावित क्षेत्रमा खर्च गरी उद्योग दर्ता गर्ने निकायलाई दिनु पर्दछ।
८) CSR अन्तर्गत काम गर्दा सम्बन्धित स्थानीय तहमा समन्वय गरी सोको कार्य सम्पन्न विवरण उद्योग दर्ता गर्ने निकायमा पेश गर्नु पर्दछ
९) CSR को रकमबाट उद्योगलाई प्रत्यक्ष नाफा हुने कार्य, उद्योगको लगानी भएको वा उद्योगमा संलग्न व्यक्ति वा सामाजिक वा व्यवसायिक संघ संस्थामा खर्च गर्न पाइँदैन।
१०) CSR को लागि तोकेको क्षेत्रहरू:
क) विपद्को रोकथाम, नियन्त्रण तथा उद्धार
ख) सामुदायिक स्वास्थ्य संस्थालाई औषधी तथा उपकरण वितरण, स्वास्थ्य सम्बन्धी जनचेतना, स्वास्थ्य शिविर जस्ता स्वास्थ्य सम्बन्धी कार्यक्रम
ग) नेपाली कला, साहित्य, संस्कृति, पुरातात्विक धरोहरको संरक्षण तथा संवर्धन
घ) न्यून आय भएका, पिछडिएका, ग्रामीण महिला, अपाङ्गता भएका व्यक्ति तथा अल्पसंख्यक, सीमान्तकृत समुदायको लागि सीपमूलक तथा आयमूलक कार्यक्रम
ङ) सामुदायिक विद्यालय, विश्वविद्यालय छात्रवृत्ति, उपकरण र शैक्षिक सामग्री लगायत शिक्षा विकास सम्बन्धी कार्यक्रम
च) प्रदूषण नियन्त्रण, फोहोर मैला व्यवस्थापन, वैकल्पिक ऊर्जाको प्रवर्द्धन जस्ता प्राकृतिक तथा वातावरण संरक्षण सम्बन्धी कार्य
छ) सामाजिक विकृति, विसंगति, कुरीति र सामाजिक पछयौटेपन बिरुद्ध अभियान
ज) खानेपानी आयोजना, सडक, ढल, पाटी पौवा, वृद्धाश्रम, खेल मैदान, धार्मिक स्थल, सामुदायिक स्वास्थ्य भवन, सामुदायिक भवन, अनाथ आश्रम, पार्क, बसपार्क तथा बस बिसौनी जस्ता पूर्वाधारको निर्माण तथा मर्मत सम्भार।

Photos from Tax Education's post 12/02/2026

नगद राख्ने र नगदमा कारोबार गर्ने सम्बन्धमा विद्यमान कानूनी व्यवस्थाहरु बारे अर्थ मन्त्रालयको सूचना:
(क) श्रोत खुलेको नेपली रुपैयाँ जति पनि नगद मै राख्न सकिने।
(ख) कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा पाँच लाख रुपैया वा सोभन्दा बढी मूल्यको (२०८२ माघ १ गते अगाडि १० लाख थियो) कुनै सेवा वा वस्तुको खरिदबिक्री वा अन्य कारोवार गर्दा बैङ्किग उपकरणमार्फत गर्नुपर्ने। तर, करसम्बन्धी प्रचलित कानूनले सीमा तोकेकोमा सोही बमोजिम हुने (व्यवसायको लागि आयकर ऐन, २०५८ मा ५० हजार तोकिएको)
(ग) नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५,००० (पाँच हजार) सम्म (भारतीय रूपैंयाको हकमा अमेरिकी डलर ५,०००बराबर हुन आउने भारतीय रूपैंया सम्म र नेपाल राष्ट्र बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५,००० बराबरसम्म)भन्सार घोषणाविना नेपालमा भित्र्याउन सक्ने र सो भन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनु पर्ने व्यवस्था रहेको।
घ) नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सटही सुविधा अन्तर्गत प्राप्त गरेको विदेशी मुद्रा मध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर १,५०० (एक हजार पाँचसय) वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्म नगदमा राख्न सक्ने व्यवस्था रहेको।
ङ) उल्लिखित कानुनी व्यवस्था वाहेक स्रोत नखुलेको नगद कहीं कतै भेटिएको अवस्थामा प्रचलित कानुन बमोजिम अनुसन्धान तथा कारवाही हुने!

27/01/2026

बिजकको सिरियल नम्बर बारे:
१) बिजक जारी गर्ने ठाउँ एक भन्दा बढी भएमा कुनै पनि नम्बर दोहोरो न हुने गरी जारी गर्नु पर्दछ।
२) शाखा, उप शाखा, आउटलेट इत्यादि भएमा बिजकमा शाखा उपशाखाको नाम उल्लेख गर्ने।
३) सिरियल नम्बरको उदाहरण:
केन्द्रीय कार्यालय नेपालगञ्ज, शाखा काठमाडौं र बुटवल भएको फर्मको बिजक सिरियल नम्बर यसरी राख्न सकिन्छ। काठमाण्डौ को लागि KTM-01देखि , बुटवलको लागि BTL-01 देखि र केन्द्रीय कार्यालयको लागि NPJ-01 देखि

26/01/2026

एच.एस. कोड सहितको कर बीजक प्रयोग सम्बन्धमा बारम्वार सोधिने गरेका प्रश्नहरूको जवाफ

26/01/2026

आन्तरिक राजस्व विभागको मिति २०८२।१०।०४ को निर्णयअनुसार नेपाल प्रशासन सेवा, राजस्व समूह, राजपत्रांकित तृतीय श्रेणी, कर अधिकृत पदमा कार्यरत कर्मचारीहरूको सरुवा।

giwmscdnone.gov.np

26/01/2026

नेपाल सरकारले मॉरिसससँगको दोहोरो कर मुक्ति सम्झौता (DTAA) खारेज गर्ने निर्णयको औपचारिक सूचना

Want your business to be the top-listed Accountant in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address

Kathmandu
44600