Sudhir Pandit-“सुधिर पंडित"

Sudhir Pandit-“सुधिर पंडित"

Share

Financial Analyst

01/11/2025
Photos from Sudhir Pandit-“सुधिर पंडित"'s post 01/11/2025
01/11/2025

२०८२ असार मसान्त सम्म नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्या /Number of banks and financial institutions licensed by Nepal Rastra Bank as of mid-July 2082
-----
-बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्या: १०७ रहेको /Number of banks and financial institutions: 107
-२० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक रहेका/There are 20 commercial banks, 17 development banks, 17 finance companies, 52 microfinance financial institutions and 1 infrastructure development bank
-बैंक तथा वित्तीय संस्थाहरूको शाखा सङ्ख्या २०८१ असार मसान्तमा ११,५३० रहेकोमा २०८२ असार मसान्तमा ११,५२६ कायम भएको /The number of branches of banks and financial institutions has increased from 11,530 in mid-July 2081 to 11,526 in Asar 2082.
-२०८१ असार मसान्तमा प्रतिशाखा जनसङ्ख्या २५२९ रहेकोमा २०८२ असार मसान्तमा २५३० कायम भएको /Population per branch as of mid-July 2081 From 2529, it has increased to 2530 by Ashar 2082

01/11/2025

𝐁𝐀𝐍𝐊𝐈𝐍𝐆 𝐂𝐀𝐑𝐄𝐄𝐑 | 𝐆𝐎𝐋𝐃𝐄𝐍 𝐎𝐏𝐏𝐎𝐑𝐓𝐔𝐍𝐈𝐓𝐘 𝐅𝐎𝐑 𝐅𝐑𝐄𝐒𝐇𝐄𝐑𝐒 ❤️
✅ Qualification: 10+2 or Intermediate
✅ Experience: Not Required
✅ Position: Junior Trainee Assistant
✅ No. Of vacancy: 54
✅ Deadline: Nov 14, 2025

21/10/2024

चौथो नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० को गरिवी र उपभोग सम्बन्धि तथ्यांक
----------------
***नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको
***यो भनेको ५९ लाख ११ हजार ६ सय ५९ जना गरिवीको रेखामुनि रहेको
*** १२ वर्षअघि आर्थिक वर्ष २०६६/६७ मा भएको सर्वेक्षणले २५.१६ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको देखाएको
***हाल उपभोग आधार लाइन ७२ हजार ९०८ रुपैयाँ तोकिएको छ जसलाई गरिवीको रेखाको रुपमा बुझिन्छ। यसको अर्थ एक वर्षमा ७२ हजार ९०८ रुपैयाँ उपभोगमा खर्च गर्न नसक्ने नागरिकलाई गरिबीको रेखामुनि राखिएको।
***खाद्यान्नका लागि ३५ हजार २९ रुपैयाँ र गैरखाद्य प्रयोजनमा ३७ हजार ८७९ रुपैयाँ गरी वर्षमा ७२ हजार ९०८ रुपैयाँ उपभोगमा खर्च गर्न सक्नेलाई मात्र गरिबीको रेखाभन्दा माथि राखिएको
***खाद्य गरिबी मापन गर्ने क्रममा प्रतिव्यक्ति प्रतिदिन २२ सय ३६ क्यालोरी प्राप्त गर्नेलाई गरिबीको रेखामाथि राखिएको छ। यस अघि यस्तो क्यालोरी २२ सय २० क्यालोरी रहेको
***नेपालको औसत प्रतिव्यक्ति उपभोग खर्च वार्षिक १ लाख २६ हजार १७२ रुपैयाँ पुगेको छ। १२ वर्ष अवधिमा प्रतिव्यक्ति वार्षिक उपभोग खर्च ६६ प्रतिशत वृद्धि भएको देखिन्छ।
***सामान्यतया विकसित र गरिबी कम भएको मुलुकमा खाद्यान्नभन्दा गैरखाद्य उपभोगमा बढी खर्च हुन्छ। नेपालमा भने व्यक्तिले वर्षमा गर्ने कुल उपभोगमध्ये खाद्यान्नका लागि मात्र ५३ प्रतिशत र ४७ प्रतिशत खर्च गैरखाद्य उपभोगमा हुने गरेको छ। अघिल्लो सर्वोक्षणले खाद्यान्नमा ६२ प्रतिशत र गैरखाद्यान्नमा ३८ प्रतिशत उपभोग हुने देखाएको थियो।
***यस अवधिमा नेपालीको भान्छामा ताजा तथा सुक्खा फलफूल, माछामासु उपभोगमा वृद्धि भएको पाइएको छ।
***सहरको तुलनामा गाउँमा धेरै नागरिक गरिबीको रेखामुनि रहेको देखिएको छ । सहरमा १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत नागरिक गरिबीको रेखामुनि पाइएको छ।
***प्रदेश अनुसार सबभन्दा धेरै गरिबी सुदूरपश्चिममा छ। तथ्यांक अनुसार यस प्रदेशमा ३४.१६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ ।
सबैभन्दा कम गण्डकी प्रदेशमा ११.८८ प्रतिशत र बागमतीमा १२.५९ प्रतिशत नागरिक गरिबीको रेखामुनि छ।

05/10/2024

various central bank and bfis related rates.

1. Bank Rate
The bank rate is the interest rate at which a country's central bank lends money to domestic banks without any collateral. This rate affects the lending rates of commercial banks and influences the interest rates in the broader economy.
Purpose: To control inflation and liquidity in the economy.
Difference: It is long-term in nature compared to the repo rate and does not involve collateral.

2. Repo Rate (Repurchase Rate)
The repo rate is the rate at which the central bank (e.g., Nepal Rastra Bank, Reserve Bank of India) lends short-term funds to commercial banks against government securities as collateral. Banks use this rate to manage short-term liquidity.
Purpose: To control inflation and money supply in the economy.
Difference: Involves collateral (securities) and is short-term, unlike the bank rate.

3. Reverse Repo Rate
The reverse repo rate is the rate at which commercial banks deposit their surplus funds with the central bank. It is a tool to absorb excess liquidity in the economy by encouraging banks to park their funds with the central bank.
Purpose: To control the money supply by absorbing excess liquidity.
Difference: Opposite of the repo rate—banks deposit funds instead of borrowing.

4. SLR (Statutory Liquidity Ratio)
SLR refers to the minimum percentage of a bank's net demand and time liabilities (NDTL) that must be maintained in the form of liquid assets such as cash, gold, or government-approved securities.
Purpose: To ensure the solvency of banks and control inflation by limiting the amount of money available for lending.
Difference: It's a liquidity requirement, not an interest rate.

5. CRR (Cash Reserve Ratio)
CRR is the percentage of a bank's total deposits that must be kept in the form of cash reserves with the central bank. Banks cannot use this money for lending or investment.
Purpose: To ensure liquidity and control the money supply in the banking system.
Difference: Similar to SLR but must be kept in cash form with the central bank.

6. Spread Rate
The spread rate is the difference between the interest rate banks charge their borrowers and the interest rate they pay to depositors. This spread helps banks cover their costs and make a profit.
Purpose: To measure the profitability of banks' lending activities.
Difference: It is not set by the central bank but depends on individual bank policies.

7. Interest Rate Corridor (IRC)
The Interest Rate Corridor (IRC) is a range within which the central bank allows the short-term interest rates to fluctuate. It consists of two main rates—the repo rate (upper bound) and the reverse repo rate (lower bound).
Purpose: To stabilize short-term interest rates and provide a floor and ceiling for money market rates.
Difference: It’s a range rather than a specific rate.

8. Policy Rate
The policy rate is the benchmark interest rate set by the central bank, which typically refers to the repo rate. It indicates the central bank’s monetary policy stance—whether it’s targeting inflation control, growth stimulation, etc.
Purpose: To guide the overall economy's interest rate environment.
Difference: It’s the guiding rate for other instruments like the repo rate and reverse repo rate.

Bank Rate vs. Repo Rate: The bank rate is long-term and does not involve collateral, whereas the repo rate is short-term and requires collateral.
Repo Rate vs. Reverse Repo Rate: The repo rate is used when banks borrow from the central bank, while the reverse repo rate is used when banks deposit with the central bank.
SLR vs. CRR: SLR includes cash, gold, or government securities, while CRR must be kept as cash with the central bank.
Spread Rate vs. Policy Rate: The spread rate refers to individual bank profitability, while the policy rate reflects central bank decisions affecting the entire economy.
Each of these tools plays a role in regulating liquidity, inflation, and economic stability.

05/10/2024

#नेपालको_आर्थिक_वृद्धिदरसम्बन्धी_विश्व_बैंकको_प्रक्षेपण

#आर्थिक_वृद्धिदर:
-सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ५.१% हुने प्रक्षेपण।

-सन् २०२५ मा ५.१% र सन् २०२६ मा ५.५% पुग्ने अनुमान।

#सरकारी_लक्ष्य:
चालू आव २०८१/८२ मा सरकारले ६% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ।

#मुख्य_क्षेत्रहरूमा_वृद्धि:
-थोक तथा खुद्रा व्यापार, निर्माण, र उत्पादन क्षेत्रले लाभ पाउने अपेक्षा।

-पर्यटन आगमनमा ३०% वृद्धि हुने अनुमान, जसले सेवा क्षेत्र, यातायात, आवास, र खाद्य क्षेत्रमा वृद्धि गर्नेछ।

#जलविद्युत्_र_कृषि_उत्पादनमा_सकारात्मक_प्रभाव:
-यसवर्ष ४५० मेगावाट जलविद्युत् थपिने।

-धान उत्पादन ४.३% ले बढ्ने अपेक्षा।

#मुद्रास्फीति:
-सन् २०२५ मा ५% र सन् २०२६ मा ४.५% हुने प्रक्षेपण।

-सन् २०२३ मा मुद्रास्फीति ७.७% थियो, भने सन् २०२४ मा ५.४%।

#वित्तीय_समस्या:
-खराब कर्जा बढ्नु र बैंकको नाफा घट्नुलाई चुनौतीका रूपमा औंल्याइएको।

-बजेट कार्यान्वयन कमजोर र पुँजीगत खर्च नबढेको।

#व्यापार_घाटा:
-व्यापार घाटा बढ्दा सरकारको चालू खाता बचत घट्ने अनुमान।

-चालू खाता बचत जीडीपीको २.६% हुने अपेक्षा।
-सरकारी राजस्व २०% ले बढ्ने अनुमान।

03/10/2024

नवरात्रको पहिलो दिन आज बिहीबार नवदुर्गा भवानीको शैलपुत्री स्वरूपको पूजाआरधना गरेर मनाइँदैछ। शैल भन्नाले हिमाल र पुत्री भन्नाले छोरी बुझिन्छ। हिमालयकी छोरी (पार्वती) भएकीले शैल पुत्री भनिएको हो।

दुर्गा भवानीका नौ स्वरूपमध्ये शैलपुत्री पनि एक हो। दाहिने हातमा त्रिशुल र बाँया हातमा कमलको फूल लिएर बसाहको सवारी गर्ने शैलपुत्री स्वरूपा देवीको जाज्वल्यमान स्वरूपको ध्यान मात्र गर्नेले पनि संकट टर्ने विश्वास गरिन्छ।

मार्कण्य पुराणको अनुसार शैलपुत्री नवदुर्गामा पहिलो दुर्गा हुन्। शैलपुत्री देवीको पूजामा सेतो कपडा र सेतै फूल चढाउनुपर्ने उल्लेख छ। साथै कंदमूल वा ऋतु फल चढाउनु भनिएको छ।

नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौ दिन कालरात्री, आठौ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। नवरात्रभर देशका विभिन्न शक्तिपीठमा दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ।

Want your business to be the top-listed Accountant in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu