21/04/2026
ब्लुबुक नवीकरण गर्ने प्रक्रिया
सवारी साधनको ब्लुबुक नवीकरण (Bluebook Renew) गर्ने प्रक्रिया र हालको (२०८२/८३) दररेट सम्बन्धी विस्तृत जानकारी तल दिइएको छ। बागमती प्रदेशको नियम अनुसार यो विवरण तयार पारिएको हो।
✅१. नवीकरणका लागि चाहिने कागजातहरू
21/04/2026
आफूले ट्रायल पास गरेको वा नवीकरणका लागि विवरण पेस गरेको कार्यालयबाटै लाइसेन्स लिन पाउने
16/04/2026
𝐈𝐦𝐩𝐨𝐫𝐭𝐚𝐧𝐭 𝐧𝐨𝐭𝐢𝐜𝐞 𝐟𝐨𝐫 𝐢𝐦𝐩𝐨𝐫𝐭𝐞𝐫𝐬 (MRP) अनिवार्य पैठारी गरिने वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (MRP) अनिवार्य गर्ने सम्बन्धमा .
06/04/2026
स्वास्थ्यकर्मीको न्युनतम पारिश्रमीक भनेको कति हो त ? थाहा पाइराख्नुस् ।
29/03/2026
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची छोटकरीमा
1. निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइयो।
2. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने।
3. सबै दलका प्रतिबद्धता मिलाएर राष्ट्रिय प्रतिबद्धता बनाइने।
4. संविधान संशोधनका लागि राष्ट्रिय सहमति खोजिने।
5. दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी मागिने।
6. Gen Z आन्दोलन पीडितलाई राहत र पुनःस्थापना गरिने।
7. घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने।
8. आयोगका प्रतिवेदन कार्यान्वयन गरिने।
9. मन्त्रालय संख्या घटाएर १७ बनाइने।
10. सेवा प्रवाह सरल र छिटो बनाइने।
11. अनावश्यक संस्था हटाइने वा पुनर्संरचना गरिने।
12. प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाइने।
13. कर्मचारीलाई अनुशासित र उत्तरदायी बनाइने।
14. संघ, प्रदेश र स्थानीय संरचना मापदण्ड बनाइने।
15. शिक्षक सेवा व्यवस्थापन प्रदेशबाट गरिने।
16. कर्मचारी मूल्याङ्कनलाई परिणामसँग जोडिने।
17. सेवा गुणस्तर प्रमाणीकरण प्रणाली लागू गरिने।
18. सरकारी कार्यालयको मापदण्ड सुधार गरिने।
19. कर्मचारी डिजिटल प्रोफाइल बनाइने।
20. नागरिक सेवा केन्द्र स्थापना गरिने।
21. नागरिक सेवा पूर्ण डिजिटल बनाइने।
22. फ्रन्ट डेस्क कर्मचारीलाई तालिम दिइने।
23. सेवा प्रक्रियाको पुनःसंरचना गरिने।
24. २४ घण्टे गुनासो प्रणाली लागू गरिने ।
25. हेलो सरकार प्रणाली सुधार गरिने।
26. सेवाहरू समयबद्ध र डिजिटल बनाइने।
27. सरकारी कागजात घरमै पुर्याइने।
28. डिजिटल प्रणाली सुदृढ बनाइने।
29. डेटा एकपटक मात्र संकलन गरिने।
30. एप र पोर्टल सरल बनाइने।
31. नागरिक एपबाट सेवा आवेदन सहज बनाइने।
32. सेवा लिन समय तय गर्ने सुविधा दिइने।
33. डिजिटल हस्ताक्षर प्रणाली लागू गरिने।
34. फाइल ट्र्याकिङ प्रणाली बनाइने।
35. प्रमाणपत्र अनलाइन डाउनलोड गर्न मिल्ने बनाइने।
36. एकीकृत डिजिटल शासन प्लेटफर्म बनाइने।
37. सबै सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराइने ।
38. डिजिटल नियामक निकाय स्थापना गरिने।
39. IT संरचना एकीकृत गरिने।
40. IT सम्बन्धी कानून बनाइने।
41. डिजिटल आर्किटेक्चर तयार गरिने।
42. Betting एप बन्द गरिने।
43. सम्पत्ति छानबिन समिति गठन गरिने।
44. सुशासन केन्द्र सुधार गरिने।
45. डिजिटल सम्पत्ति ट्र्याकिङ प्रणाली बनाइने।
46. भ्रष्टाचारविरुद्ध राष्ट्रिय योजना ल्याइने।
47. सदाचार नीति लागू गरिने।
48. सार्वजनिक खरिद प्रणाली सुधार गरिने।
49. आयोजना व्यवस्थापन सुधार गरिने।
50. e-procurement प्रणाली लागू गरिने।
51. परियोजना सहजीकरण कानून ल्याइने।
52. सडक आयोजना समयमै पूरा गरिने।
53. लगानी प्रक्रिया सरल बनाइने।
54. परियोजनाको लगानी मोडेल तय गरिने।
55. एकद्वार लगानी प्रणाली लागू गरिने।
56. Startup प्रक्रिया छिटो बनाइने।
57. SME ऋण सहज बनाइने।
58. व्यवसाय दर्ता एकीकृत गरिने।
59. रोजगार र सीप केन्द्र बनाइने।
60. निजी क्षेत्र प्रवर्द्धन रणनीति लागू गरिने।
61. व्यवसाय सुरक्षाको व्यवस्था गरिने।
62. अपराधीमाथि कडा कारबाही गरिने।
63. प्रभावित व्यवसायलाई राहत दिइने।
64. PM Delivery Unit स्थापना गरिने।
65. लगानी संस्थाहरू एकीकृत गरिने।
66. साना उद्योग दर्ता सरल बनाइने।
67. डेटा आदानप्रदान प्रणाली बनाइने।
68. CSR रकम केन्द्रित गरिने।
69. निजी क्षेत्र सुरक्षाको रणनीति लागू गरिने।
70. ढुवानी अवरोध हटाईने ।
71. पारदर्शी लगानी वातावरण बनाइने।
72. नयाँ पर्यटन क्षेत्र विकास गरिने।
73. आरोग्य पर्यटन प्रवर्द्धन गरिने।
74. ऊर्जा क्षेत्र सुधार गरिने।
75. खानेपानी व्यवस्थापन एकीकृत गरिने।
76. जलाधार संरक्षण गरिने।
77. शहरी विकास कानून ल्याइने।
78. निष्क्रिय स्रोत प्रयोग गरिने।
79. e-billing अनिवार्य गरिने।
80. कर प्रणाली सुधार गरिने।
81. कोषहरू एकीकृत गरिने।
82. खानी क्षेत्र सुधार गरिने ।
83. भन्सार प्रणाली सुधार गरिने।
84. धरौटी रकम उपयोग गरिने।
85. स्वास्थ्य सेवा सुधार गरिने।
86. शिक्षा क्षेत्रमा राजनीति हटाइने।
87. परीक्षा परिणाम समयमै निकालिने।
88. नागरिकता बिना स्नातक पढ्न मिल्ने बनाइने।
89. कक्षा ५ सम्म परीक्षा हटाइने।
90. कृषि क्षेत्र सुधार गरिने।
91. सुकुम्बासी समस्या समाधान गरिने।
92. सार्वजनिक जग्गा संरक्षण गरिने।
93. अपराधसम्बन्धी सम्पत्ति कानून सुधार गरिने।
94. CIB लाई प्रविधियुक्त बनाइने।
95. अन्तर्राष्ट्रिय संकट अध्ययन गरिने।
96. भन्सारमा थन्किएका सवारी व्यवस्थापन गरिने।
97. महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन गरिने।
98. सार्वजनिक यातायातमा सुरक्षा बढाइने।
99. सहकारी बचत फिर्ता प्रक्रिया सुरु गरिने।
100. सबै पक्ष मिलेर सुधार कार्यान्वयन गरिने।
21/03/2026
Learning can happen anywhere now. It’s beautiful how knowledge is so accessible….
52 websites worth more than most college degrees:
1. Coursera. org – University courses completely free to audit
2. Brilliant. org – Interactive math and science learning
3. Wolfram Alpha – Answers any mathematical or factual question
4. GitHub. com – Learn coding from real world projects
5. Investopedia. com – Finance and investing explained simply
6. Archive. org – Access millions of free books and old websites
7. Project Gutenberg – 70000 free classic books
8. Duolingo. com – Learn any language for free
9. Notion. so – Organise your entire life and learning
10. Our World in Data – Every global statistic visualised
11. Statista. com – Data and statistics on everything
12. OpenLibrary. org – Borrow millions of books online free
13. Hemingwayapp. com – Write clearer and simpler instantly
14. NASA. gov – Space science and research for free
15. PubMed. gov – Access real scientific research papers
16. Edx. org – Free courses from Harvard MIT and more
17. TED. com – Best ideas from the world's best thinkers
18. Anki – The most powerful memory tool ever built
19. Canva. com – Design anything without being a designer
20. Skillshare. com – Creative and practical skill learning
21. Readwise. io – Remember everything you ever read
22. Google Scholar – Search real academic papers
23. Codecademy. com – Learn to code completely free
24. ChatGPT – AI tutor available 24 hours a day
25. Figma. com – Learn professional design for free
26. Replit. com – Code anything from your browser
27. Huberman Lab Podcast – Science based health education
28. Mindmeister. com – Mind mapping for better thinking
29. NerdWallet. com – Personal finance made simple
30. Quizlet. com – Study smarter with flashcards
31. Gapminder. org – See the real state of the world
32. PhET Simulations – Interactive science experiments online
33. Numbeo. com – Cost of living data for every city on earth
34. 23andMe. com – Understand your own genetics
35. Zapier. com – Automate your work without coding
36. Lesswrong. com – Deep rational thinking and decision making
37. Documentaryheaven. com – Thousands of free documentaries
38. Trading Economics – Economic data for every country
39. Perplexity. ai – AI powered research tool
40. Stanford Encyclopedia of Philosophy – Every philosophical idea explained
41. Librivox. org – Free audiobooks of classic literature
42. Zooniverse. org – Participate in real scientific research
43. Futurelearn. com – Free short courses from top universities
44. Typing. com – Learn to type properly and fast
45. Drawabox. com – Learn to draw from absolute scratch
46. Grammarly. com – Write better in every situation
47. Khanacademy. org – Free world class education for everyone
48. Desmos. com – The most powerful free graphing calculator
49. Stellarium. org – Explore the night sky from your screen
50. Psychologytoday. com – Mental health and psychology explained
51. Worldometers. info – Real time global statistics on everything
52. Notion. so/ templates – Free templates to organise your entire life
04/03/2026
भोलि हुने निर्वाचनमा २ प्रकारका मतपत्र प्रयोग हुनेछ:
प्रत्यक्ष तर्फ: सेतो कागजमा रातो रंगको निर्वाचन चिन्हमा मतदान गर्न सकिन्छ
समानुपातिक तर्फ: सेतो कागजमा कालो रंगको निर्वाचन चिन्हमा मतदान गर्न सकिन्छ
14/01/2026
आज षट्तिला एकादशी: आज तिल मिसाइएको पानीले स्नान गर्नु र तिलबाट बनेका पदार्थ चढाउनुले ठूलो धार्मिक पुण्य प्रदान गर्ने विश्वास रहेको छ! ❤️🕉️
13/01/2026
Online बाटै अरूको नाममा रहेको सिम आफ्नो नाममा परिवर्तन गर्ने तरिकाः
सुरुमा आफुले चलाउने सिम कार्ड कसको नाममा रहेको छ भनेर Check गर्नको लागि *922 # डायल गर्नुहोस र आफ्नो नाममा छैन भने तलको प्रक्रिया पूरा गर्नुहोस ।
Step १: वेबसाइट खोल्नुहोस्:
आफ्नो मोबाइल वा ल्यापटपको ब्राउजर खोल्नुहोस् र नेपाल टेलिकमको आधिकारिक वेबसाइट खोल्नुहोस्:
👉 corporate.ntc.net.np
Step २: लगइन (Login) गर्नुहोस्
दिएको बक्समा आफ्नो १० अङ्कको मोबाइल नम्बर लेख्नुहोस्।
स्क्रिनमा देखिएको Captcha अक्षर जस्ताको तस्तै टाइप गर्नुहोस्।
Generate OTP बटनमा क्लिक गर्नुहोस्।
मोबाइलमा आएको ६ अङ्कको OTP कोड सम्बन्धित बक्समा राख्नुहोस्।
Validate & Login मा क्लिक गर्नुहोस्।
Step ३: व्यक्तिगत विवरण भर्नुहोस्:
फारम खुलेपछि तलका विवरणहरू सावधानीपूर्वक भर्नुहोस्:
• नाम: नागरिकतामा भए अनुसार
• बुबा, आमा र बाजेको नाम (अनिवार्य)
• जन्म मिति र लिङ्ग
• ठेगाना: जिल्ला, पालिका र वडा नम्बर
• नागरिकता वा पासपोर्ट विवरण
Step ४: कल विवरण (Call History)
यो सिम तपाईंको नै हो भनेर प्रमाणित गर्न:
• पछिल्ला ३ दिनभित्र तपाईंले आफैँले फोन गरेका मोबाइल नम्बरहरू लेख्नुहोस्।
• सकेसम्म हालसालै फोन गरिएका ५ वटा नम्बर भर्नुहोस्।
नोट:
आफूलाई आएको कल ❌
१४१५ जस्ता सेवा नम्बर ❌
मिस्ड कल ❌
**आफूले कल गरेको नम्बर मात्र राख्नुहोस् ✅
Step ५: कागजात अपलोड गर्नुहोस्
• नागरिकताको अगाडि र पछाडिको फोटो प्रष्ट देखिने गरी एउटै फाइल वा छुट्टाछुट्टै अपलोड गर्नुहोस्।
• फाइल साइज १ MB भन्दा कम हुनुपर्छ।
• साथै, यो नम्बर तपाईंको नै हो भन्ने प्रमाणका लागि:
• बैंकको पत्र वा
• अन्य सम्बन्धित प्रमाणपत्र/कागजात अपलोड गर्नुहोस्।
सबै कागजात अपलोड गरेपछि Next (ID Photo) मा क्लिक गर्नुहोस्।
Step ६: लाइभ फोटो खिच्नुहोस्
• आफ्नो नागरिकता वा परिचयपत्र हातमा लिएर
• क्यामेराबाटै Live Photo खिच्नुहोस्
• फोटो स्पष्ट आएपछि Submit गर्नुहोस्।
Step ७: फारम बुझाउनुहोस् (Submit)
भरेका सबै विवरणहरू एकपटक राम्रोसँग जाँच गर्नुहोस्।
सबै ठीक भए तलको बक्समा ✓ टिक लगाउनुहोस्।
Submit Application बटनमा क्लिक गर्नुहोस्।
अन्तिम जानकारी
अनलाइन फारम Submit गरेपछि,
******नजिकैको नेपाल टेलिकम कार्यालय/काउन्टरमा गएर एकपटक भेरिफिकेशन (रुजु) गराउनुपर्ने हुन्छ।
त्यसपछि मात्र तपाईंको KYC अपडेट पूर्ण हुनेछ।
10/01/2026
कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले
👉 एक पटकमा रु. ५,००,००० (पाँच लाख) वा सोभन्दा बढी
👉 वस्तु, सेवा खरिद–बिक्री वा अन्य कारोबार गर्दा
❌ नगद कारोबार गर्न पाइँदैन।
✅ यस्तो भुक्तानी बैंक वा वित्तीय संस्थामार्फत मात्र गर्नुपर्छ।
🔹 यो नियम लागू हुने अवस्था:
बैंकमा निक्षेप / बचत गर्दा
बैंकबाट लिएको ऋणको साँवा र ब्याज तिर्दा
वित्तीय संस्थाबीच नगद कारोबार गर्दा
धेरै नगद राख्दा वा एक ठाउँबाट अर्को ठाउँ लैजाँदा
बैंकले कारण हेरी नगद भुक्तानी रोक्न सक्ने
📌 उद्देश्य: नगद कारोबार नियन्त्रण गरी अवैध तथा शंकास्पद कारोबार रोक्नु।
09/01/2026
कम्पनी अध्यावधिक सम्बन्धि कम्पनी रजिष्टार कार्यालयकाे अत्यन्तै जरुरी सूचना !
06/01/2026
आन्तरिक राजस्व कार्यालयहरुमा पनि करचुक्ता, अन्य निवेदनमा हुलाक टिकट टाँस्नुपर्ने व्यवस्था रहेकोमा अबदेखि हुलाक टिकट आवश्यक नपर्ने भइसकेको छ ।