Extra Investment Company Pvt Ltd.

Extra Investment Company Pvt Ltd.

Share

Extra Investment Company is a financial institution principally engaged in investing in securities. T

Extra Investment Company is a corporation or trust engaged in the business of investing the pooled capital of investors in financial securities. The main business of our company is to hold and manage securities for investment purposes. We server by buying and selling shares, property, bonds, cash, investment in different business, vehicles, other funds and other assets. Most mainly we invest our t

आफु संग भएको शेयर किन्दा र बेच्दा कति ब्रोकर कमिसन तिर्नु पर्छ ? जान्नुहोस 05/02/2023

आफु संग भएको शेयर किन्दा र बेच्दा कति ब्रोकर कमिसन तिर्नु पर्छ ? जान्नुहोस उक्त कार्य गरे वापत ब्रोकरले केहि शुल्क लिने गर्दछ। तपाइले आफुले शेयर खरिद गर्दा र बिक्रि गर्दा कति शुल्क लाग्छ भ....

लिलामको घरजग्गा किन्दा ध्यान दिनुपर्ने कुराहरु 17/01/2023

कुनैपनि संघसस्था वा व्यक्तिले कुनै वित्तिय सस्थाबाट लिएका ऋण वा कर्जा नतिरेमा कर्जा लिँदा सुरक्षण वा धितो वापत राखेको सम्पत्ति जफत, विक्री गरी आफ्नो ऋणको साँवा ब्याज असूल उपर गर्ने प्रक्रियालाई लिलामी भनिन्छ

लिलामको घरजग्गा किन्दा ध्यान दिनुपर्ने कुराहरु Sell Buy Rent Homes & Properties In Nepal Real Estate

17/01/2023

✍️✍️कसरी सफल लगानीकर्ता बन्ने?🫣🫣
👉सेयर बजारमा सफल लगानीकर्ता बन्नको लागि बजार र तपाईंले लगानी गर्ने विचार गरिरहनुभएको कम्पनीहरूको ठोस बुझाइ हुनु आवश्यक छ। यसमा गहिरो अनुसन्धान गर्ने, बजार प्रचलन र समाचारहरूमा अप-टु-डेट रहन, र राम्रोसँग विविध पोर्टफोलियो हुनु समावेश छ। दीर्घकालीन लगानी रणनीति हुनु र आवेगपूर्ण वा भावनात्मक खरिद बिक्री निर्णयहरूबाट बच्न पनि महत्त्वपूर्ण छ। थप रूपमा, जोखिम व्यवस्थापनको ठोस बुझाइले बजारको गिरावटको समयमा तपाईंको लगानीलाई सुरक्षित गर्न मद्दत गर्न सक्छ। यो पनि लगानी गर्नु अघि व्यावसायिक सल्लाह खोज्न सिफारिस गरिएको छ |🌞🌞
✍️सफल लगानीकर्ता बन्न यी 5 कुरा अनुसरण गर्नु पर्दछ;
👉अनुसन्धान: सफल लगानीकर्ताहरूले कम्पनीहरू र उद्योगहरूमा गहन अनुसन्धान गर्छन् जसमा उनीहरूले लगानी गर्ने विचार गरिरहेका छन्। यसमा वित्तीय विवरणहरूको विश्लेषण, बजार प्रचलनहरू अध्ययन गर्ने, र समाचार र घोषणाहरूको साथ अद्यावधिक राख्ने समावेश छ।🤠🤠
👉विविधीकरण: सफल लगानीकर्ताहरूसँग सामान्यतया राम्रो-विविध पोर्टफोलियो हुन्छ जसले विभिन्न सम्पत्ति वर्ग र उद्योगहरूमा जोखिम फैलाउँछ। यसले बजारको गिरावटबाट जोगाउन र कुनै एकल लगानीको प्रभावलाई कम गर्न मद्दत गर्न सक्छ।😇😇
👉दीर्घकालीन फोकस: सफल लगानीकर्ताहरू छिटो नाफा कमाउने प्रयास गर्नुको सट्टा दीर्घकालीन लगानीको क्षितिजमा हुन्छन्। यसले तिनीहरूलाई छोटो-अवधिको बजार उतार-चढ़ावलाई बाहिर निकाल्न र दीर्घकालीन वृद्धि अवसरहरूको फाइदा लिन अनुमति दिन्छ।🤠🤠
👉जोखिम व्यवस्थापन: सफल लगानीकर्ताहरूले जोखिम व्यवस्थापनको महत्त्व बुझ्छन् र संलग्न जोखिम विरुद्ध लगानीको सम्भावित प्रतिफललाई सन्तुलनमा राख्न सक्षम हुन्छन्। तिनीहरूले आफ्नो पोर्टफोलियो सुरक्षित गर्न विभिन्न रणनीतिहरू प्रयोग गर्छन्, जस्तै स्टप-लोस अर्डर र विकल्प ट्रेडिंग।😇😇
👉धैर्यता: सफल लगानीकर्ताहरू धैर्य हुन्छन् र आवेगपूर्ण वा भावनात्मक खरीद र बिक्री निर्णयहरूबाट बच्न्छन्। तिनीहरू आफ्नो लगानी योजनामा ​​अडिग रहन्छन् र छोटो अवधिको बजार उतार-चढावको आधारमा हतारमा निर्णयहरू गर्नबाट जोगिन्छन्।😎😎
-Copied

सेयर के हो ? कक्षामा यसो सर्रर्र पढ्यो तर व्यवहारमा भने शून्य बराबर, किन यस्तो भएको होला ? 11/01/2023

सेयर के हो ? कक्षामा यसो सर्रर्र पढ्यो तर व्यवहारमा भने शून्य बराबर, किन यस्तो भएको होला ?

सेयर के हो ? कक्षामा यसो सर्रर्र पढ्यो तर व्यवहारमा भने शून्य बराबर, किन यस्तो भएको होला ? व्यवस्थापन संकाय अंन्तर्गत नेपालका विश्वविद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या सबैभन्दा धेरै रहे ...

09/01/2023

Stock markets मा Trading गर्ने के के सिक्नु पर्छ ? More : https://youtu.be/fXv8HMQ-

25/12/2022

मोटरसाइकल किन्दा इन्जिन हेर्ने कि डिजाइन ???
नेपालमा सर्वाधिक धेरै विक्री हुने सवारीसाधन मोटरसाइकल हो । अहिले भारत, चीन, थाइल्याण्ड, मलेसिया, ब्राजिल, जापान लगायतका देशमा उत्पादन भएका मोटरसाइकल विक्री हुँदै आएका छन् ।

विशेषत २० देखि ४० वर्ष उमेर समूहमा पर्ने युवाहरुको रोजाईमा मोटरसाइकल पर्ने भएकाले त्यही अनुसारको बडी डिजाइन र पावरफुल इन्जिनमा मोटरसाइकल आउने गरेका छन् ।

नेपाल सरकारले सीसी क्षमता अनुसार लगाउने कर, बढ्दो इन्धनको मूल्य र मोटरसाइकलको इन्जिन अनुसार कै मर्मतसम्भार खर्च पनि तिर्नु पर्ने भएकोले चाहेर पनि धेरै मानिसले ठूलो मोटरसाइकल किन्न सकिरहेका हुँदैनन् । यस्तोमा मोटरसाइकलको इन्जिन वा डिजाइन हेर्नुभन्दा पहिला आफ्नो खर्च गर्न सक्ने क्षमता एकिन गर्नु पर्छ ।

सामान्यतया १२५ देखि १५० सीसीसम्मका मोटरसाइकलको मूल्य नै २ लाखदेखि ४ लाख रुपैयाँ पर्ने अवस्था आइसकेको छ । त्यसमा प्रिमियम फिचर र आकर्षक डिजाइन खोज्ने हो भने करिब ५ लाख रुपैयाँसम्म तिर्नु पर्छ ।

खर्च गर्ने रकम कम हुने मानिसले डिजाइन भन्दा इन्जिनको पर्फमेन्स र माइलेज हेर्नु उपयुक्त हुन्छ । तपाई आफ्नो सानो मोटरसाइकलको सहायताले आफ्नो सानो व्यापार, अफिस वा अन्य काम गर्नु हुन्छ भने इन्जिन हेरेर किफायती मोटरसाइकल किन्नु वुद्धिमानी हुन्छ । यस्ता मोटरसाइकलको संचालन खर्च कम हुने भएकोले तपाईलाई आर्थिक भार पर्दैन ।

तपाईसँग मोटरसाइकलको लागि खर्च गर्न राम्रै रकम छ । साथै, तपाई मोटरसाइकलको शौखिन हुनुहुन्छ भने तपाईले डिजाइन र इन्जिन दुबै उत्कृष्ट छनोट गर्न सक्नु हुन्छ । मोटरसाइकलको आकर्षक डिजाइनले तपाईको ब्यक्तित्वलाई निखार ल्याउन सहयोग गर्छ भने पावरफुल इन्जिनले तपाईले चाहे जस्तो बाटोमा यात्रा गर्न सकिन्छ ।

यदि तपाईसँग मोटरसाइकलमा खर्च गर्ने राम्रै रकम छ भने तपाईको छनोट मोटरसाइकलको बडी डिजाइनले पनि फरक पार्छ । अहिले बजारमा नेकेड, क्रुजर, स्पोर्टस्, एड्भेन्चर, ड्यूल पर्पोज, इलेक्ट्रीक, टुरिङ डिजाइनमा उपलब्ध रहेका छन् ।

नेपाली बजारमा नै अहिले १ लाख ६० हजारदेखि १ करोड मूल्यसम्मका मोटरसाइकल विक्रीमा रहेका छन् । त्यसैले तपाईले मोटरसाइकल छनोट गर्दा सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो खर्च गर्ने बजेटलाई आधार बनाउँदा राम्रो हुन्छ ।

25/12/2022

सेयर बजारमा घाटालाई कसरी रिकभर गर्ने ? केही तरिकाहरु यस्ता छन् :
हाम्रो सेयर बजार विगत लामो समयदेखि घट्दो क्रममा रहेको छ । नेपालमा मात्र नभई विश्वका अधिकांश प्रमुख सेयर बजारहरुको प्रदर्शन सन् २०२२ मा निकै कमजोर बनेको छ । सेयर बजारको निरन्तर गिरावटबाट धेरै लगानीकर्ताले निकै ठूलो सम्पति गुमाएका छन् भने धेरै लगानीकर्ता बजारबाटै पलायन बन्नुपर्ने स्थिति उत्पन्न भएको छ । कतिपयले खरिद गरेको मूल्य भन्दा निकै तल्लो भाउमा सेयर बिक्री गरेर वास्तविक घाटा पनि व्यहोरेका छन् ।

यस्तै, कतिपय लगानीकर्ता लगानीमा अडिग रहिरहे पनि पोर्टफोलियोको अवास्तविक वा कागजी घाटा (अनरियलाइज्ड लस) भने चुलिएको छ । लगानीकर्ताको कागजी घाटा ठूलो भएकाले सेयर बिक्री गरेर बजारबाट बाहिर निस्किन सक्ने अवस्था छैन । बजार निरन्तरजसो घटेका कारण धैर्यताको बाँध पनि टुट्ने अवस्थामा पुगेकाले लगानीकर्ता एक किसिमको ट्रयाप (जाल) मा फसेको अवस्था छ ।

यस्तो अवस्थामा कसरी प्रतिक्रिया दिने भन्नेमा व्यावहारिक, वित्तीय तथा अन्य विभिन्न कारकहरुले मुख्य भूमिका निर्वाह गरेका हुन्छन् । लगानीकर्ताले कागजी घाटा रिकभर गर्न कुन–कुन् कुराहरुलाई मुख्य विचार गर्नुपर्छ भनेर सेयर बजारका जानकारहरुले दिएका सुझाव र सल्लाहलाई यहाँ प्रस्तुत गरिएको छ ।

कागजी नोक्सानीको सामना कसरी गर्ने ?

अवास्तविक नोक्सान वा कागजी नोक्सान (अनरियलाइज्ड लस) को सामना गर्ने कुरा मुख्यतयः लगानीकर्ताको मनोविज्ञानसँग सम्बन्धित छ । यस्तो अवस्थामा लगानीकर्ताहरुले अक्सर तर्कहीन व्यवहार देखाउने गरेको जानकारहरु बताउँछन् । लगानीको आधारभूत मूल्यांकन गर्नुको सट्टा र उक्त लगानी राम्रो छनोट रहन्छ वा रहँदैन भन्ने निर्णय गर्नुको सट्टा लगानीकर्ताहरुले प्रायः संज्ञानात्मक पूर्वाग्रहहरु (कोगनिटिभ बायस) को सहारा लिने गर्दछन् । तसर्थ, कागजी नोक्सानीको सामना गर्न लगानीकर्ताले तर्कहीन व्यवहार र संज्ञात्मक पूर्वग्रहहरुलाई टाढै राख्नुपर्छ ।

धेरैजसो लगानीकर्तालाई नाफाको भन्दा घाटाको महसुस बढी हुने गर्दछ । तसर्थ, १ सय रुपैयाँको अवास्तविक नोक्सानीले लगानीकर्तालाई १०० रुपैयाँको अवास्तविक नाफाको आनन्द भन्दा निकै ठूलो पीडा दिने गर्दछ । जसका कारण एक पटक खरिद गरिसकेको स्टकबाट अलग हुन लगानीकर्तालाई झन् गाह्रो महशुस हुन्छ । स्टकलाई आफ्नो स्वामित्वमा राखेको महसुस गर्ने भएकाले अलग हुनका लागि ठूलो रकमको आशा गरेका हुन्छन् ।

खरिद गरेको रकम भन्दा कम भाउमा बिक्री गर्नलाई मानसिकरुपमा पनि निकै कठीन हुन्छ । जुन कतिपय अवस्थामा लगानीकर्ताका लागि एक किसिमको जाल सरह नै बन्न जान्छ । लगानीकर्ताले कागजी घाटाको सामना गर्दा जोखिम बढी लिने गरेको जानकारहरु बताउँछन् । यो किन हुन्छ भने, लगानीकर्ताले पीडाबाट बच्नका लागि जुनसुकै सम्भावनालाई पनि आफ्नो बनाउन खोज्छन् । यद्यपि, यसले उनीहरुलाई थप नोक्सानीका लागि ढोला खोलिरहेको हुन्छ ।

निरन्तर घटिरहेको सेयर किनेर (बाइङ द डिप) अन्ततः टाट पल्टिने वा खसेको चक्कु समात्ने (क्याचिङ अ फलिङ नाइफ) अवस्थामा पुग्ने लगानीकर्ता यसका एक उदाहरण हुन् । कागजी नोक्सानीको सामना गर्दा आउने यस्ता व्यावहारिक गल्तीहरुको जडलाई ‘संक कस्ट फ्यालसी’ भनिन्छ । यसको शिकार भएका लगानीकर्ताहरु आफू उम्कन नसक्ने जस्तो महसुस गर्छन् र एकमात्र समाधान भनेको थप लगानी गर्नु हो भन्ने ठन्दछन् ।

तर हरेक पटक लगानी थप गर्दा पोर्टफोलियोको जोखिम पनि उत्तिकै मात्रामा बढ्छ । र, सबैभन्दा खराब पक्ष भनेको बजारबाट बाहिर निष्किनलाई थप गाह्रो बन्दै जान्छ । कागजी नोक्सानीको सामना गर्दा आधारभूत अवस्थाको गहन विश्लेषण गर्दै लगानीमा बसिरहने, लगानीबाट बाहिर निस्किने वा थप लगानी गर्ने भन्ने बारेमा निर्णय गर्नुपर्ने हुन्छ ।

घाटामा सेयर कहिले बेच्ने ?

घाटामा बेच्ने निर्णयको अर्थ माथि चर्चा गरिएका संज्ञानात्मक पूर्वाग्रहहरु बारे सचेत हुनु र तर्कसंगतरुपमा आफ्नो लगानीको आधारभूत मूल्यांकन गर्नु हो । नोक्सानमा स्टक बेच्नुपर्ने राम्रो कारणहरुमा भारी इन्साइडर कारोबार, नाफा र आय पूर्वानुमानमा व्यवस्थापन पक्षको संशोधन, लाभांशमा कटौती र उल्लेखनीय मात्रामा नियामकीय कारवाही वा जरिवाना जस्ता आधारभूत परिवर्तनहरु समावेश हुन सक्छन् ।

लगानीकर्ताले प्रत्येक लगानीका लागि स्टप–लस अर्डरको रुपमा तर्कसंगत र नियमहरुमा आधारित निकास योजना बनाउनुपर्ने जानकारहरु बताउँछन् । स्टप–लस यस्तो मूल्य हो जसमा लगानीकर्ताले घाटा सीमित गर्न स्टक स्वतः बिक्रीका लागि राखेका हुन्छन् । लगानीकर्ताहरुले लगानी गर्नुअघि नै स्टकको नाफा मार्जिन र घाटा कम गर्न स्टप लसको सीमा निर्धारण गर्नुपर्छ ।

कस्तो अवस्थामा लगानीमा बसिरहने ?

विविधीकरणयुक्त पोर्टफोलियोहरु भएका दीर्घकालीन लगानीकर्ताले सामान्यतयः लगानीमा बसिरहने र बजारको अस्थिरताबाट बाहिर निस्किनुपर्ने जानकारहरु बताउँछन् । लगानी विविधीकरण गरिएको छ भने कुनै एउटै स्टकको पतनले सम्पूर्ण पोर्टफोलियो नै नोक्सानमा जाने जोखिम ज्यादै न्यून हुन्छ । बजारको जोखिमबाट अस्थिरता हुन सक्छ । तर, राम्रो–विविधीकरण गरिएको पोर्टफोलियो कहिल्यै रिकभर नहुने सम्भावना लगभग शून्य जस्तै रहन्छ ।

कतिपय लगानीकर्तामा केही नाफा पाउने बित्तिकै सेयर बेचिहाल्ने र घटेर बटम बनाएको बेला किन्ने प्रवृत्ति हुन्छ । जसलाई एक किसिमको ‘मार्केट टाइमिङ’ पनि भनिन्छ । तर यस्तो अनुमान लगाउन कुसल र अनुभवी लगानीकर्ताका लागि समेत गाह्रो काम हो । बजारको यही नै तल्लो विन्दु हो भनेर ठोकुवा गर्न सकिँदैन । कतिपय अवस्थामा बजार रिकभर हुनका लागि २–४ दिन नै काफी पनि हुन्छ ।

तसर्थ, दीर्घकालीन लगानीकर्ताले बजारको उतारचढावलाई बेवास्ता गर्दै लगानीमा बसिरहनुपर्छ । क्रेगटन विश्वविद्यालयको एक अध्ययनले सन् २००१ देखि सन् २०२० सम्मको अवधिमा बजारको १० वटा मात्र राम्रा दिनहरु गुमाउनेको समग्र प्रतिफल ७.४७% बाट घटेर ३.३५% आएको देखाएको थियो । यसबाट पनि दीर्घकालीन लगानी गर्नेहरुले बजारको उतारचढावबाट प्रधावित हुनुहुँदैन भन्ने पुष्टि हुन्छ ।

आफ्नो पोर्टफोलियोलाई थप लचिलो र सहनशील कसरी बनाउने ?

सेयर बजारमा आउने करेक्सनले लगानीकर्तालाई आफ्ने वास्तविक जोखिम सहन सक्ने क्षमताको बारेमा जान्ने अवसर प्रदान गर्छ । पोर्टफोलियोमा देखिएको कागजी घाटाहरुले रातभर निदाउन दिँदैन भने पोर्टफोलियोको सम्पत्ति
विनियोजनलाई परम्परागत ढंगबाट थप मिश्रित बनाउने विचार गर्नुपर्ने जानकारहरु बताउँछन् । यसले भविष्यमा आउने अर्को गिरावटको अझ राम्रसँग सामना गर्न मद्दत गर्न सक्छ ।

पोर्टफोलियोलाई बजारको गिरावट सामना गर्न सक्ने बनाउन मुख्य गरी दुई कुरालाई ध्यान दिनुपर्छ । पहिलो र सबैभन्दा सरल तरिका भनेको कम जोखिम भएका निश्चित आम्दानी प्रदान गर्ने सम्पत्तिहरुमा लगानी विविधीकृत गर्ने । यस्ता सम्पतिमा मुद्दपि खाता, बन्ड र अल्पकालीन ट्रेजरीहरु पर्दछन् ।

अर्को समाधान भनेको हेज–फण्ड जस्ता वैकल्पिक लगानी हो । यसका साथै, म्युचुअल फन्डहरुलाई पनि सम्पति विविधीकृत गर्ने सरल साधनका रुपमा मानिएको छ । तसर्थ, लगानीकर्ताहरूले स्टक, बन्ड र नगदको परम्परागत पोर्टफोलियोलाई विविधीकरण गरी र हेज फन्ड, म्युचुअल फन्ड जस्ता वैकल्पिक लगानीहरुमा लगानी बाँडफाँट गरी पोर्टफोलियोलाई थप लचिलो बनाउन सक्छन् ।

Want your business to be the top-listed Accountant in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Mobile Road
Jhapa District
57217

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 14:00